राष्ट्रिय
संकल्प सहकारीको अध्यक्षमा कुलबहादुर थापा

बिबेक चाैधरी
रौतहट १७ असोज
संकल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आगामी चार वर्षे कार्यकालका लागि कुल बहादुर थापाको अध्यक्षतामा नौ सदस्यीय सञ्चालक समिति चयन भएको छ । निर्वाचन समितिका संयोजक नारायण कार्कीले शेयर सदस्यहरूको उपस्थितिमा सार्वजनिक गरेको सञ्चालक समितिको नामावली अनुसार उपाध्यक्षमा चिरञ्जिबी गौतम, कोषाध्यक्षमा कृष्णचन्द्र पोखरेल र सचिवमा अवधेशहरी भट्टराई चयन हुनुभएको छ । त्यस्तै, सञ्चालक समिति सदस्यमा राजकिशोर गुप्ता, राजन प्रसाद सापकोटा, शारदा भण्डारी, बसन्ति खडका र भवानि कुमारी चयन हुनु भएको छ । यसैगरी, लेखा सुपरिवेक्षण समितिको संयोजकमा बलराम प्रसाद गौतम तथा सदस्यमा धन कुमारी बडाल र राजनारायण चौधरी चयन हुनुभएको छ । नवनिर्वाचित समितिले आगामी चार वर्षको कार्यकालमा संस्थाको वित्तीय तथा संस्थागत विकास, शेयर सदस्यको हित र सहकारीका उद्देश्यअनुसार काम गर्ने अपेक्षा गरिएको छ ।

चन्द्रपुर-८ मा होटल सञ्चालन र मदिरा बिक्री-वितरणको समय सीमा तोकियो
संवाददाता: विवेक चौधरी असोज १७ ,चन्द्रपुर, रौतहट चन्द्रपुर नगरपालिका वडा नं. ८ मा शान्ति सुरक्षा तथा सामाजिक मर्यादा कायम राख्नका लागि वडा

धान खेतमा ५५ वर्षीय पुरुष मृत फेला
रौतहट, १७ असोज । रौतहटको गढीमाई नगरपालिका–३ लक्ष्मीपुरस्थित धान खेतमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार स्थानीय नाजिर मियाँका

रसुवाको बाढीपहिरोमा बेपत्ता रौतहटका सैनिक अभिषेकको कुशको शव बनाई अन्तिम संस्कार
रौतहट १७ असोज । रौतहटको मौलापुर नगरपालिका–७ सगैयाका २२ वर्षीय अभिषेक गुप्ताको हिन्दु परम्पराअनुसार कुशको शव बनाई अन्तिम संस्कार गरिएको छ। नेपाली









प्रतिकृया दिनुहोस