ताजा खबर

राष्ट्रिय

शुक्रबार, असोज १६, २०८३

नक्कली मदिराको बोतलमा टाँस्न भारतबाट ल्याइएको अन्तःशुल्क स्टिकर बरामद

SITENAME

रौतहट, १६ असोज । भारतबाट नेपाल भित्र्याएर नक्कली मदिराको बोतलमा प्रयोग गर्न खोजिएको ठूलो परिमाणको अन्तःशुल्क स्टिकर रौतहटमा सशस्त्र प्रहरीले बरामद गरेको छ।  बौधिमाई नगरपालिका–७, बंकुलस्थित छोटी भन्सार कार्यालय पछाडिको धानबारी क्षेत्रबाट सशस्त्र प्रहरी बल, नेपाल बीओपी सरमुजवाबाट खटिएको गस्ती टोलीले शुक्रबार ६ रोल अन्तःशुल्क स्टिकर बरामद गरेको हो। बरामद स्टिकरमा ५० यूपी, १८० एमएल क्षमताका मदिराका बोतलमा टाँस गर्ने १ लाख २० हजार थान स्टिकर बरामद भएको सशस्त्र प्रहरी बल ११ नम्बर हेडक्वाटरले जनाएको छ। प्रहरीका अनुसार दुई जना व्यक्तिले भारतबाट कार्टुनमा राखेर टाउकोमा बोकी उक्त स्टिकर नेपालतर्फ ल्याइरहेको अबस्थामा गस्ती टोलीलाई देखेपछि उनीहरूले सामान छाडेर भारततर्फ भागेका थिए। फरार व्यक्तिहरूको खोजीका लागि भारतीय समकक्षीसँग समन्वय भइरहेको सशस्त्र प्रहरी उपरिक्षक चेतराज जोशीले बताउनु भयो । बरामद स्टिकर आवश्यक अनुसन्धान तथा कारबाहीका लागि गौर भन्सार कार्यालय, रौतहटमा बुझाउने प्रक्रियामा रहेको छ। गौर भन्सार कार्यालयसँगको समन्वयमा गरिएको प्रारम्भिक विवरणअनुसार आर्थिक ऐनबमोजिम ५० यूपी, १८० एमएल मदिराको प्रत्येक बोतलमा प्रयोग हुने अन्तःशुल्क स्टिकरको दर ८८ रुपैया २० पैसा रहेको छ। बरामद सबै स्टिकर मदिरामा प्रयोग भएको अवस्थामा राज्यलाई करिब १ करोड ५ लाख ८४ हजार बराबरको राजस्व नोक्सानी हुन सक्ने जनाइएको छ। सशस्त्र प्रहरीले बरामद गरेको स्टिकर नक्कली मदिराको बोतलमा प्रयोग गर्ने उद्देश्यले भारतबाट अवैध रूपमा नेपाल ल्याइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको ।

प्रतिकृया दिनुहोस
SITENAME

चन्द्रपुर-८ मा होटल सञ्चालन र मदिरा बिक्री-वितरणको समय सीमा तोकियो

 संवाददाता: विवेक चौधरी असोज १७ ,चन्द्रपुर, रौतहट  चन्द्रपुर नगरपालिका वडा नं. ८ मा शान्ति सुरक्षा तथा सामाजिक मर्यादा कायम राख्नका लागि वडा

SITENAME

धान खेतमा ५५ वर्षीय पुरुष मृत फेला

रौतहट, १७ असोज । रौतहटको गढीमाई नगरपालिका–३ लक्ष्मीपुरस्थित धान खेतमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार स्थानीय नाजिर मियाँका

SITENAME

संकल्प सहकारीको अध्यक्षमा कुलबहादुर थापा

  बिबेक चाैधरी  रौतहट १७ असोज संकल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आगामी चार वर्षे कार्यकालका लागि कुल बहादुर थापाको अध्यक्षतामा नौ

↑