ताजा खबर

राष्ट्रिय

शनिबार, असोज १७, २०८३

संकल्प बचत तथा ऋण सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न

SITENAME

रौतहट, १७ असोज । संकल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ। सभामा सहकारीको वर्तमान अवस्था, चुनौती, जोखिम व्यवस्थापन तथा शेयर सदस्यको हितमा संस्थाले खेल्नुपर्ने भूमिकाबारे चर्चा गरिएको छ। सभाको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य गणेश पौडेलले सहकारी क्षेत्रमा समस्या मात्रै नभई समाधानका अनेक उपाय रहेको बताउनुभयो। उहाँले सहकारीका सञ्चालक समितिले शेयर सदस्यको हितलाई केन्द्रमा राखेर सदस्यतामुखी कार्य गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो। प्रतिनिधि सभा सदस्य पौडेलले सहकारीमा देखिने कतिपय जोखिम संस्थाले आफ्नै व्यवस्थापनमार्फत न्यूनीकरण गर्न सक्ने उल्लेख गर्दै कठिन अवस्थाका जोखिमलाई बिमामार्फत व्यवस्थापन गरी शेयर सदस्यको बचत सुरक्षित गर्न सकिने बताउनुभयो। सहकारीप्रति सदस्यको विश्वास कायम राख्न पारदर्शिता, सुशासन र जिम्मेवार वित्तीय व्यवस्थापन आवश्यक रहेको उहाँको भनाइ थियो। कार्यक्रममा रौतहट बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष विभु पोखरेलले सहकारीको सञ्चालक बन्न त्याग र योगदान गर्ने भावना आवश्यक रहेको बताउनुभयो। उहाँले सहकारीमा को सानो र को ठूलो भन्नेभन्दा पनि एकअर्काको अस्तित्व स्वीकार गर्दै सहकार्यको भावनाबाट अघि बढ्नुपर्ने धारणा राख्नुभयो। संस्थाका सल्लाहकार उदय देवकोटाले सीमित सदस्य संख्याबाट स्थापना भएको संकल्प सहकारी १८औँ वर्षमा प्रवेश गर्दा संस्थागत रूपमा ठूलो मात्र नभई शेयर सदस्यको विश्वास र मन जित्न सफल भएकोमा खुसी व्यक्त गर्नुभयो। संस्थाले हालसम्म गरेका गतिविधि तथा प्रगतिको प्रतिवेदन प्रस्तुत गर्दै कार्यवाहक अध्यक्ष केपी थापाले सहकारीले आफ्ना शेयर सदस्यको जन्मदेखि मृत्युसम्मका विभिन्न आवश्यकता र हितलाई सम्बोधन गर्ने गरी काम गर्दै आएको बताउनुभयो।
त्यस्तै, लेखा तथा सुपरिवेक्षण समितिका संयोजक बलराम गौतमले गत आर्थिक वर्षमा साधारण सभाबाट प्राप्त निर्देशनअनुसार सञ्चालक समितिले कार्य गरेको जानकारी दिनुभयो। उहाँले संस्थाको आर्थिक अनुशासन, पारदर्शिता र प्रभावकारी सुपरिवेक्षणलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो। संस्थाका सचिव चिरञ्जीवी गौतमले सञ्चालन गर्नुभएको कार्यक्रममा कोषाध्यक्ष कृष्णचन्द्र पोखरेलले स्वागत मन्तव्य राख्नुभएको थियो। साधारण सभामा शेयर सदस्य, सञ्चालक समिति, लेखा तथा सुपरिवेक्षण समिति, कर्मचारी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
 

प्रतिकृया दिनुहोस
SITENAME

चन्द्रपुर-८ मा होटल सञ्चालन र मदिरा बिक्री-वितरणको समय सीमा तोकियो

 संवाददाता: विवेक चौधरी असोज १७ ,चन्द्रपुर, रौतहट  चन्द्रपुर नगरपालिका वडा नं. ८ मा शान्ति सुरक्षा तथा सामाजिक मर्यादा कायम राख्नका लागि वडा

SITENAME

धान खेतमा ५५ वर्षीय पुरुष मृत फेला

रौतहट, १७ असोज । रौतहटको गढीमाई नगरपालिका–३ लक्ष्मीपुरस्थित धान खेतमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार स्थानीय नाजिर मियाँका

SITENAME

संकल्प सहकारीको अध्यक्षमा कुलबहादुर थापा

  बिबेक चाैधरी  रौतहट १७ असोज संकल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आगामी चार वर्षे कार्यकालका लागि कुल बहादुर थापाको अध्यक्षतामा नौ

↑