ताजा खबर

राष्ट्रिय

शनिबार, असोज १७, २०८३

रसुवाको बाढीपहिरोमा बेपत्ता रौतहटका सैनिक अभिषेकको कुशको शव बनाई अन्तिम संस्कार

SITENAME

रौतहट १७ असोज । रौतहटको मौलापुर नगरपालिका–७ सगैयाका २२ वर्षीय अभिषेक गुप्ताको हिन्दु परम्पराअनुसार कुशको शव बनाई अन्तिम संस्कार गरिएको छ। नेपाली सेनाको श्री शेरगण कार्यालयमा कार्यरत गुप्ता गत भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीपहिरोपछि बेपत्ता भएका थिए। घटनापछि नेपाली सेना, अन्य सुरक्षा निकाय तथा स्थानीयवासीको सहयोगमा लामो समयसम्म खोजी कार्य जारी राखिए पनि उनको अवस्था र ठेगाना हालसम्म पत्ता लाग्न सकेको छैन। बेपत्ता भएको लामो समय बितिसक्दा पनि शव फेला नपरेपछि परिवारले हिन्दु धार्मिक परम्पराअनुसार आज असोज १७ गते कुशको शव बनाई अन्तिम संस्कार गरेका हुन्। अन्तिम संस्कारका क्रममा रौतहटस्थित नेपाली सेनाका प्रमुख तथा अन्य अधिकारीहरूले अभिषेकका पिता बैधनाथ साह कानुसँग भेट गरी समवेदना व्यक्त गरेका छन्। उनीहरूले परिवारजनप्रति सहानुभूति व्यक्त गर्दै दुःखको यस घडीमा साथ रहने बताएका थिए। २२ वर्षीय अभिषेक नेपाली सेनामा कार्यरत रहँदा रसुवाको बाढीपहिरोमा परेर बेपत्ता भएका थिए। लामो समयसम्म खोजी गर्दा पनि कुनै ठोस जानकारी प्राप्त नभएपछि परिवारले धार्मिक विधिअनुसार उनको अन्तिम संस्कार सम्पन्न गरेको हो।

प्रतिकृया दिनुहोस
SITENAME

चन्द्रपुर-८ मा होटल सञ्चालन र मदिरा बिक्री-वितरणको समय सीमा तोकियो

 संवाददाता: विवेक चौधरी असोज १७ ,चन्द्रपुर, रौतहट  चन्द्रपुर नगरपालिका वडा नं. ८ मा शान्ति सुरक्षा तथा सामाजिक मर्यादा कायम राख्नका लागि वडा

SITENAME

धान खेतमा ५५ वर्षीय पुरुष मृत फेला

रौतहट, १७ असोज । रौतहटको गढीमाई नगरपालिका–३ लक्ष्मीपुरस्थित धान खेतमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार स्थानीय नाजिर मियाँका

SITENAME

संकल्प सहकारीको अध्यक्षमा कुलबहादुर थापा

  बिबेक चाैधरी  रौतहट १७ असोज संकल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आगामी चार वर्षे कार्यकालका लागि कुल बहादुर थापाको अध्यक्षतामा नौ

↑