खेलकुद
चीनमा केनिश खड्काले जिते स्वर्ण पदक

रौतहट, १३ असोज । चन्द्रपुर तेक्वान्डो डोजाङ चन्द्रनिगाहपुरका खेलाडी केनिश खड्काले चीनमा आयोजित २०२६ हेनान छिङ्गलोन ओपन तेक्वान्डो प्रतियोगितामा स्वर्ण पदक जितेका छन्। खड्काले प्रतियोगिताको ४५ केजी तौल समूहमा प्रतिस्पर्धा गर्दै उत्कृष्ट प्रदर्शनसहित स्वर्ण पदक हासिल गरेका हुन । उनको यो सफलताले नेपालसँगै रौतहट र चन्द्रनिगाहपुरको नाम अन्तर्राष्ट्रिय तेक्वान्डो क्षेत्रमा चिनाउन योगदान पुगेको छ। चन्द्रपुर तेक्वान्डो डोजाङले खड्काको सफलताप्रति खुसी व्यक्त गर्दै उनलाई बधाई तथा आगामी प्रतियोगिताका लागि शुभकामना दिएको छ। खड्काको अन्तर्राष्ट्रिय प्रतियोगितामा प्राप्त यो उपलब्धिलाई स्थानीय खेलप्रेमी तथा खेलाडीहरूले गौरवको विषयका रूपमा लिएका छन्। उनका प्रशिक्षक तथा परिवारजनले आगामी दिनमा पनि अन्तर्राष्ट्रियस्तरमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन्।

जेसीज कप २०२६ को फाइनल खेल बुधबार हुँदै
रौतहट, ३० भदौ रौतहट जिल्ला अन्तरविद्यालय नकआउट क्रिकेट प्रतियोगिता–२०२६ अन्तर्गत स्थगित भएको फाइनल खेल बुधबार हुने भएको छ । चन्द्रनिगाहपुर

रौतहटमा ‘जेसिस कप–२०८३’ अन्तरविद्यालय टी–२० क्रिकेट प्रतियोगिता सुरु
रौतहट १८ भाद्र चन्द्रनिगाहपुर सिटी जेसीजको आयोजनामा रौतहटमा जिल्ला स्तरीय अन्तर माध्यमिक विद्यालय टी–२० नकआउट क्रिकेट प्रतियोगिता बिहीबारदेखि
..jpeg&h=200&w=220)
रौतहटमा ‘जेसिस कप’ अन्तरविद्यालय नकआउट क्रिकेट भदौ १८ देखि हुने
रौतहट। चन्द्रनिगाहपुर सिटी जेसीजको आयोजनामा रौतहटमा ‘जेसिस कप–२०८३’ अन्तरविद्यालय नकआउट क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। चन्द्रपुर









प्रतिकृया दिनुहोस