राष्ट्रिय
डिभिजनल वन अधिकृतसँगै अनुकूल कर्मचारीको सरुवा

सञ्जय कार्की
रौतहट, १७ असोज । मधेश प्रदेशका डिभिजन वन कार्यालयमा हुने कर्मचारी सरुवा–पदस्थापनमाथि प्रश्न उठाउँदै आएको गुनासो पछिल्लो सरुवा विवरण सार्वजनिक भएसँगै थप पेचिलो बनेको छ । डिभिजनल वन अधिकृत जहाँ सरुवा हुन्छन्, त्यही कार्यालयमा उनीसँग काम गरेका वा निकट मानिएका कर्मचारीसमेत पुग्ने गरेको देखिएपछि यो संयोग मात्र हो कि नियोजित कर्मचारी व्यवस्थापन ? भन्ने प्रश्न वन प्रशासनभित्र उठेको छ । मधेश प्रदेश वन तथा वातावरण मन्त्रालयले २०८३ असोज १४ गते सार्वजनिक गरेको वन सेवा, जनरल फरेष्ट्री तथा स्वायल एण्ड वाटर कन्जर्भेसन समूहअन्तर्गतका वन अधिकृत, भू–संरक्षण अधिकृत तथा सातौँ र आठौँ तहका कर्मचारीको सरुवा विवरणले यस्तो प्रश्नलाई थप बल दिएको कर्मचारीहरूको भनाइ छ ।
रौतहट सरुवामा पहिलो प्रश्न
गत भदौ ५ गते डिभिजन वन कार्यालय पर्साबाट रौतहट सरुवा भएका डिभिजनल वन अधिकृत मञ्जुर अहमदसँगै अधिकृत राकेश रञ्जन र सन्दिप पटेल पनि रौतहट सरुवा भएका छन । एउटै कार्यालय प्रमुख परिवर्तन हुँदा उनीसँगै काम गरेका कर्मचारी पनि अर्को कार्यालयमा पुग्नु सामान्य प्रशासनिक प्रक्रिया अन्तर्गत पर्न सक्छ तर यस्तो आवागमन पटक–पटक र एउटै ढाँचामा दोहोरिएको हो कि होइन ? भन्ने प्रश्न भने सरुवा अभिलेखको तुलनात्मक अध्ययनले आफु अनुकुल रोजिएको देखिन्छ ।
सर्लाही–धनुषा सरुवाले थप्यो अर्को प्रश्न
डिभिजन वन कार्यालय सर्लाहीबाट धनुषा सरुवा भएका डिभिजनल वन अधिकृत सन्तोष झासँगै अधिकृत हिरोई चौधरी र सागर बस्याल पनि धनुषा सरुवा भएका छन् । उता धनुषाबाट सर्लाही सरुवा भएका डिभिजनल वन अधिकृत विनोद सिंहसँगै अधिकृत अनिल साहको पनि सरुवा भएको छ । यी सरुवाहरूलाई छुट्टाछुट्टै हेर्दा सामान्य प्रशासनिक निर्णय देखिन सक्छ तर एउटै डिभिजनल वन अधिकृत र उनीसँग सम्बन्धित कर्मचारीको सरुवा इतिहासलाई कार्यालयगत रूपमा जोडेर हेर्ने हो भने कर्मचारी छनोटको आधार के थियो ? आवेदन प्राथमिकता कसरी मूल्यांकन गरियो ? र एउटै समूहका कर्मचारीहरू पटक–पटक एउटै अधिकृतसँगै किन देखिन्छन् ? भन्ने प्रश्नको जवाफ खोज्नुपर्ने देखिन्छ ।
बारा हुँदै धनुषासम्म एउटै कर्मचारी ?
यसअघि डिभिजनल वन अधिकृत विनोद सिंह बारा कार्यरत रहँदा उनीसँग कार्यसम्बन्ध रहेका भनिएका कर्मचारीलाई समेत उनीसँगै धनुषा सरुवा गरिएको दाबी गरिएको छ । विगतका सरुवा विवरण हेर्ने हो भने सरुवामा सीमितता भन्दा पनि नीयतमा प्रश्न उठेको छ ।
मधेश प्रदेश वन तथा वातावरण मन्त्रालयका निमित्त सचिव हेमन्त साहले भने सरुवा–पदस्थापन मापदण्डअनुसार नै गरिएको बताउनु भयो ।

चन्द्रपुर-८ मा होटल सञ्चालन र मदिरा बिक्री-वितरणको समय सीमा तोकियो
संवाददाता: विवेक चौधरी असोज १७ ,चन्द्रपुर, रौतहट चन्द्रपुर नगरपालिका वडा नं. ८ मा शान्ति सुरक्षा तथा सामाजिक मर्यादा कायम राख्नका लागि वडा

धान खेतमा ५५ वर्षीय पुरुष मृत फेला
रौतहट, १७ असोज । रौतहटको गढीमाई नगरपालिका–३ लक्ष्मीपुरस्थित धान खेतमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार स्थानीय नाजिर मियाँका

संकल्प सहकारीको अध्यक्षमा कुलबहादुर थापा
बिबेक चाैधरी रौतहट १७ असोज संकल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आगामी चार वर्षे कार्यकालका लागि कुल बहादुर थापाको अध्यक्षतामा नौ









प्रतिकृया दिनुहोस