ताजा खबर

राष्ट्रिय

शनिबार, असोज १७, २०८३

चन्द्रपुर-८ मा होटल सञ्चालन र मदिरा बिक्री-वितरणको समय सीमा तोकियो

SITENAME

 संवाददाता: विवेक चौधरी

असोज १७ ,चन्द्रपुर, रौतहट 

चन्द्रपुर नगरपालिका वडा नं. ८ मा शान्ति सुरक्षा तथा सामाजिक मर्यादा कायम राख्नका लागि वडा कार्यालयले होटल सञ्चालन तथा मदिरा बिक्री-वितरणमा नयाँ समय सीमा निर्धारण गरेको छ।वडा कार्यालयको निर्णय अनुसार असोज महिनादेखि मंसिर १९ गतेसम्म राति ९:०० बजेसम्म मात्र मदिरा बिक्री गर्न पाइनेछ। त्यस्तै, मंसिर २० गतेदेखि भने राति ८:३० बजेपछि मदिरा बिक्री-वितरणमा पूर्ण रूपमा रोक लगाइने निर्णय गरिएको छ।स्थानीयस्तरमा शान्ति-सुरक्षा चुस्त राख्न र अवाञ्छित गतिविधि नियन्त्रण गर्न यो कदम चालिएको वडा अध्यक्ष जितेन्द्र कुमार चौधरीले जानकारी दिनुभएको छ। नियमको पूर्ण रूपमा पालना गरी सहयोग गरिदिनुहुन सम्पूर्ण व्यापारी, व्यवसायी तथा सर्वसाधारणमा वडा कार्यालयले हार्दिक अनुरोध गरेको छ।

प्रतिकृया दिनुहोस
SITENAME

धान खेतमा ५५ वर्षीय पुरुष मृत फेला

रौतहट, १७ असोज । रौतहटको गढीमाई नगरपालिका–३ लक्ष्मीपुरस्थित धान खेतमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार स्थानीय नाजिर मियाँका

SITENAME

संकल्प सहकारीको अध्यक्षमा कुलबहादुर थापा

  बिबेक चाैधरी  रौतहट १७ असोज संकल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आगामी चार वर्षे कार्यकालका लागि कुल बहादुर थापाको अध्यक्षतामा नौ

SITENAME

रसुवाको बाढीपहिरोमा बेपत्ता रौतहटका सैनिक अभिषेकको कुशको शव बनाई अन्तिम संस्कार

रौतहट १७ असोज । रौतहटको मौलापुर नगरपालिका–७ सगैयाका २२ वर्षीय अभिषेक गुप्ताको हिन्दु परम्पराअनुसार कुशको शव बनाई अन्तिम संस्कार गरिएको छ। नेपाली

↑