ताजा खबर

स्थानीय

शनिबार, असोज १७, २०८३

रौतहटमा पोखरीमा डुबेर २८ वर्षीय युवकको मृत्यु

SITENAME

रौतहट, १७ असोज । रौतहटको फतुवा विजयपुर नगरपालिकामा पोखरीमा डुबेर एक युवकको मृत्यु भएको छ। फतुवा विजयपुर नगरपालिका–१ बैरगिनिया टोलमा स्थानीय अरविन्द यादवको पोखरीमा सोही स्थानका २८ वर्षीय राजेश दास मृत अवस्थामा फेला परेका हुन्। दासलाई पोखरीमा घोप्टो परेको अवस्थामा देखेपछि स्थानीयले आज बिहान करिब १०ः०५ बजे इलाका प्रहरी कार्यालय सन्तपुर लक्ष्मिनियामा खबर गरेका थिए। सूचना पाएलगत्तै प्रहरी नायब निरीक्षक विनोद पासवानको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो। त्यसपछि इलाका प्रहरी कार्यालय लक्ष्मिनिया विजयपुरका प्रहरी निरीक्षक रादेश कुमार खत्रीको नेतृत्वमा घटनास्थल अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि थप टोली खटिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस
SITENAME

चन्द्रपुर-८ मा होटल सञ्चालन र मदिरा बिक्री-वितरणको समय सीमा तोकियो

 संवाददाता: विवेक चौधरी असोज १७ ,चन्द्रपुर, रौतहट  चन्द्रपुर नगरपालिका वडा नं. ८ मा शान्ति सुरक्षा तथा सामाजिक मर्यादा कायम राख्नका लागि वडा

SITENAME

संकल्प सहकारीको अध्यक्षमा कुलबहादुर थापा

  बिबेक चाैधरी  रौतहट १७ असोज संकल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आगामी चार वर्षे कार्यकालका लागि कुल बहादुर थापाको अध्यक्षतामा नौ

SITENAME

रौतहटको कटहरियामा पाँच वर्षीया बालिकामाथि जबरजस्ती करणी प्रयासको आरोप

रौतहट १६ असोज रौतहटको कटहरियामा पाँच वर्षीया बालिकालाई फकाएर सुनसान स्थानमा लगेर जबरजस्ती करणीको प्रयास गरेको आरोपमा स्कुल बसका सहचालकविरुद्ध

↑