राष्ट्रिय
धान खेतमा ५५ वर्षीय पुरुष मृत फेला

रौतहट, १७ असोज । रौतहटको गढीमाई नगरपालिका–३ लक्ष्मीपुरस्थित धान खेतमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
प्रहरीका अनुसार स्थानीय नाजिर मियाँका छोरा अन्दाजी ५५ वर्षीय सफी आलम शुक्रबार दिउँसो करिब ३ः१० बजे आफ्नै गाउँस्थित अतिउल्लाको धान खेतमा मृत अवस्थामा फेला परेका हुन्। घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरी चौकी बरियारपुरबाट प्रहरी सहायक निरीक्षक सञ्जय झाको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनास्थल सुरक्षित राखी थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ। घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी निरीक्षक प्रमोद खड्काको कमाण्डमा क्इऋइ सहित ६ जनाको टोलीसमेत घटनास्थल पुगेको थियो। प्रहरीले मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाएको जनाएको छ। मृत्युको कारण भने पोस्टमार्टम रिपोर्टपछि खुल्ने प्रहरीले जनाएको छ।

चन्द्रपुर-८ मा होटल सञ्चालन र मदिरा बिक्री-वितरणको समय सीमा तोकियो
संवाददाता: विवेक चौधरी असोज १७ ,चन्द्रपुर, रौतहट चन्द्रपुर नगरपालिका वडा नं. ८ मा शान्ति सुरक्षा तथा सामाजिक मर्यादा कायम राख्नका लागि वडा

संकल्प सहकारीको अध्यक्षमा कुलबहादुर थापा
बिबेक चाैधरी रौतहट १७ असोज संकल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आगामी चार वर्षे कार्यकालका लागि कुल बहादुर थापाको अध्यक्षतामा नौ

रसुवाको बाढीपहिरोमा बेपत्ता रौतहटका सैनिक अभिषेकको कुशको शव बनाई अन्तिम संस्कार
रौतहट १७ असोज । रौतहटको मौलापुर नगरपालिका–७ सगैयाका २२ वर्षीय अभिषेक गुप्ताको हिन्दु परम्पराअनुसार कुशको शव बनाई अन्तिम संस्कार गरिएको छ। नेपाली









प्रतिकृया दिनुहोस