ताजा खबर

राष्ट्रिय

शनिबार, असोज १७, २०८३

स्रोत नखुलेको भारतीय रुपैयाँसहित दुई जना पक्राउ

SITENAME

रौतहट, १६ असोज । रौतहटको गौरमा स्रोत नखुलेको भारतीय रुपैयाँसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । गौर नगरपालिका–१ स्थित गौर भन्सार कार्यालय अगाडि शुक्रबार साँझ करिब ७ः४५ बजे संयुक्त चेकिङ टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका दुई जनालाई शंकास्पद अवस्थामा जाँच गरेको थियो । जाँचका क्रममा भारतको शिवहर जिल्ला रामपुर भटहा बस्ने करिब २२ वर्षीय करण कुमार गिरी र सोही स्थानका करिब ३५ वर्षीय लालबाबु रायको साथबाट स्रोत नखुलेको भारतीय रुपैयाँ १ लाख ८ हजार ५ सय तथा एक थान मोबाइल बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ । भन्सार सुरक्षा गार्ड रौतहट र सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर गौरबाट खटिएको संयुक्त चेकिङ टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका दुवै जनालाई आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस
SITENAME

चन्द्रपुर-८ मा होटल सञ्चालन र मदिरा बिक्री-वितरणको समय सीमा तोकियो

 संवाददाता: विवेक चौधरी असोज १७ ,चन्द्रपुर, रौतहट  चन्द्रपुर नगरपालिका वडा नं. ८ मा शान्ति सुरक्षा तथा सामाजिक मर्यादा कायम राख्नका लागि वडा

SITENAME

धान खेतमा ५५ वर्षीय पुरुष मृत फेला

रौतहट, १७ असोज । रौतहटको गढीमाई नगरपालिका–३ लक्ष्मीपुरस्थित धान खेतमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार स्थानीय नाजिर मियाँका

SITENAME

संकल्प सहकारीको अध्यक्षमा कुलबहादुर थापा

  बिबेक चाैधरी  रौतहट १७ असोज संकल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आगामी चार वर्षे कार्यकालका लागि कुल बहादुर थापाको अध्यक्षतामा नौ

↑