ताजा खबर

राष्ट्रिय

बिहीबार, असोज १५, २०८३

वन संरक्षण र उपभोक्ताको हितमा जोड दिँदै जनएकता सामुदायिक वनको २०औँ साधारणसभा सम्पन्न

SITENAME

सञ्जय कार्की
रौतहट, १५ असोज । वन संरक्षणसँगै स्थानीय उपभोक्ताको हित र सामुदायिक वनको दिगो व्यवस्थापनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै चन्द्रपुर नगरपालिका–४ स्थित श्री जनएकता सामुदायिक वन उपभोक्ता समूहको २०औँ वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ। साधारणसभाले आर्थिक वर्ष २०८२/०८३ मा समूहले सञ्चालन गरेका वन संरक्षण, वन पैदावार संकलन, समूह व्यवस्थापनलगायतका कार्यक्रम तथा लेखापरीक्षण प्रतिवेदन अनुमोदन गरेको छ। वनलाई संरक्षण गर्दै स्थानीय उपभोक्ताको आवश्यकता पूरा गर्ने तथा वनबाट प्राप्त लाभलाई समुदायमै उपयोग गर्ने विषयलाई सामुदायिक वनको महत्वपूर्ण जिम्मेवारीका रूपमा सहभागीहरूले औँल्याएका थिए। साधारणसभाले गत आर्थिक वर्षको असार मसान्तसम्म भएको २७ लाख १८ हजार ४ सय ८६ रुपैयाँ ८ पैसा खर्च अनुमोदन गरेको छ। त्यस्तै, चालु आर्थिक वर्ष २०८३र०८४ का लागि १ करोड ४२ लाख ९३ हजार ५ सय रुपैयाँको अनुमानित बजेट पारित गर्नुका साथै प्रस्तावित विभिन्न योजना तथा कार्यक्रमसमेत अनुमोदन गरिएको जनाइएको छ। सभामा सहभागी प्रतिनिधिहरूले वन संरक्षणसँगै उपभोक्ताको अधिकार, वन पैदावारको उचित उपयोग र सामुदायिक वनको दिगो व्यवस्थापनमा ध्यान दिनुपर्ने धारणा राखेका थिए। सामुदायिक वन स्थानीय समुदायको सहभागितामा संरक्षण हुँदै आएको हुँदा यसको व्यवस्थापनमा उपभोक्ताको सक्रिय भूमिका आवश्यक रहेको उनीहरूको भनाइ थियो। साधारणसभाका प्रमुख अतिथि डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत मन्जुर अहमदले वन संरक्षण र दिगो व्यवस्थापनका विषयमा शुभकामना मन्तव्य दिनुभएको थियो। कार्यक्रममा चन्द्रपुर नगरपालिका–४ का वडाध्यक्ष रबी राना मगर, पूर्व वडाध्यक्ष अमर आले, सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, जिल्ला महासंघ रौतहटका महासचिव प्रेमा तिमल्सिनालगायतले सामुदायिक वन संरक्षण र उपभोक्ताको हितका विषयमा धारणा राख्दै शुभकामना दिनुभएको थियो। कार्यक्रममा समूहका अध्यक्ष हिमज्योती सुयाल, सहसचिव भवनाथ तिमल्सिना र कोषाध्यक्ष मीना कोइरालाले क्रमशः प्रगति प्रतिवेदन तथा आर्थिक विवरण प्रस्तुत गर्नुभएको थियो। सामुदायिक वनले वन क्षेत्रको संरक्षणसँगै स्थानीय उपभोक्तालाई वन पैदावारको उपयोगको अवसर प्रदान गर्दै आएको छ। वनको संरक्षण, पुनरुत्पादन, जैविक विविधताको सुरक्षा र वनबाट प्राप्त लाभको न्यायोचित वितरणमार्फत समुदायको आर्थिक तथा सामाजिक विकासमा योगदान पुर्‍याउनु सामुदायिक वनको प्रमुख उद्देश्य रहेको कार्यक्रममा बताइएको थियो। साधारणसभामा आगामी दिनमा वनको संरक्षणलाई अझ प्रभावकारी बनाउँदै वन पैदावारको दिगो उपयोग, उपभोक्ताको हित संरक्षण र सामुदायिक वनको पारदर्शी व्यवस्थापनमा जोड दिने प्रतिबद्धता व्यक्त गरिएको थियो। 

प्रतिकृया दिनुहोस
SITENAME

बिन्दबासिनी साकोसको १६औँ एकाइ साधारण सभा सम्पन्न

रौतहट, १५ असोज । बिन्दबासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औँ एकाइ अन्तर्गत पहिलो दिनको साधारण सभा बिहीबार चन्द्रपुर नगरपालिका–७,

SITENAME

चन्द्रोदय साकोसद्वारा सात ज्येष्ठ सदस्य सम्मानित

रौतहट, १५ असोज । ज्येष्ठ नागरिक दिवसको अवसरमा चन्द्रोदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना सात जना ज्येष्ठ सदस्यलाई सम्मान गरेको छ।अक्टोबर १

SITENAME

चन्द्रपुर–९ चेतनगरमा पशुहरूलाई भ्यागुते र चरचरे रोगविरुद्ध निःशुल्क खोप

रौतहट, १५ असोज । रौतहटको चन्द्रपुर नगरपालिका पशुसेवा शाखाले चन्द्रपुर नगरपालिका–९ स्थित चेतनगर गाउँमा पशुहरूलाई भ्यागुते तथा चरचरे रोगविरुद्ध

↑