अन्तरास्ट्रिय
भारतमा सडक दुर्घटनामा मृत्यु भएका तीनै जनामध्ये दुई जनाको अन्त्येष्टि

रौतहट ३० श्रावण
रौतहटको गरुडा नगरपालिका–६ पोठियाहीका तीन जना तीर्थयात्रीको भारतमा भएको सवारी दुर्घटनामा मृत्यु भएको छ । दुर्घटनामा मृत्यु भएका उनीहरूमध्ये दुई जनाको शनिबार अन्त्येष्टि गरिएको छ । गरुडा नगरपालिका–६ पोठियाहीका करिब ६५ वर्षीय नवलकिशोर चौधरी र ६२ वर्षीया सुन्दरकला देवीको झाँझ खोलास्थित शिवनगर घाटमा अन्त्येष्टि गरिएको हो। उनीहरू भारतको बाबाधाम तीर्थयात्रामा गएका बेला सवारी दुर्घटनामा परी मृत्यु भएको प्रहरीले जनाएको छ । भारतमा पोस्टमार्टमपछि आफन्तले शनिबार बिहान करिब ८ः३० बजे शव बुझेर नेपाल ल्याएका थिए। त्यसपछि दुवै जनाको शव शिवनगर घाटमा लगेर अन्त्येष्टि गरिएको हो । यस्तै, दुर्घटनामा मृत्यु भएका राजेश महतोका करिब १२ वर्षीय छोरा शिवम महतोको शव भने प्रादेशिक अस्पताल गौरको शवगृहमा राखिएको छ । उनका बुबा रोजगारीको सिलसिलामा विदेशमा रहेकाले उनी नेपाल आएपछि मात्र शवको अन्त्येष्टि गरिने जनाइएको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय शिवनगरबाट प्रहरी नायब निरीक्षक विजय डिम्डुङको कमाण्डमा प्रहरी टोली खटिएको थियो। शिवनगर घाट इलाका प्रहरी कार्यालय शिवनगरबाट करिब डेढ किलोमिटर पश्चिममा पर्छ ।

जापनको फुकुओकामा थारु समुदाय क्युशुको दोस्रो जितिया मिलन कार्यक्रम - 2026 सम्पन्न
थारु समुदाय क्युशु, जापानको आयोजनामा “दोस्रो जितिया मिलन कार्यक्रम–२०२६” जापानको फुकुओकामा भव्य रूपमा सम्पन्न भएको छ।थारु समुदायको मौलिक भाषा,

बाढीपीडितको राहतका लागि नेपाली कांग्रेस बृन्दावन नगर समितिद्वारा १ लाख ४ हजारभन्दा बढी सहयोग सङ्कलन
रौतहट १९ भदौ बाढीपीडित नागरिकहरूका लागि उद्धार, राहत तथा पुनर्मिलन/पुनःस्थापना कार्यमा सहयोग पु¥याउने उद्देश्यले नेपाली कांग्रेस बृन्दावन नगर
रसुवा बाढीमा रौतहटका दुई इन्जिनियरसहित ६ जना सम्पर्क विहीन
रौतहट, ११ भाद्र रसुवामा आएको विनाशकारी बाढी तथा पहिरोपछि रौतहटका दुई जना मेकानिकल इन्जिनियरसहित ६ जना नागरिक सम्पर्कविहीन भएका छन् । जिल्ला









प्रतिकृया दिनुहोस