राष्ट्रिय
बिहीबार, असोज १५, २०८३
बिन्दबासिनी साकोसको १६औँ एकाइ साधारण सभा सम्पन्न

रौतहट, १५ असोज । बिन्दबासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औँ एकाइ अन्तर्गत पहिलो दिनको साधारण सभा बिहीबार चन्द्रपुर नगरपालिका–७, बनबहुरीमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष गोविन्द प्रसाद कोइरालाको अध्यक्षतामा सम्पन्न साधारण सभाको सञ्चालन संस्थाका सचिव राजेन्द्र प्रसाद तिमल्सिनाले गर्नुभएको थियो। कार्यक्रममा सपना खरेल शिवाकोटीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। सभामा संस्थाका कोषाध्यक्ष जगत नारायण कुमारले आर्थिक वर्ष २०८३ को प्रस्तावित आय–व्यय विवरण प्रस्तुत गर्नुभएको थियो। त्यस्तै, लेखा समिति संयोजक राजेश्वर प्रसाद सिंहले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। साधारण सभामा संस्थाका ११३ जना सदस्यहरूको उत्साहजनक सहभागिता रहेको जनाइएको छ। सभामा संस्थाको आर्थिक अवस्था, आगामी कार्ययोजना, संस्थागत गतिविधि तथा सदस्य केन्द्रित सेवाका विषयमा छलफल गरिएको थियो। साधारण सभाले संस्थाको आगामी कार्यदिशा, आर्थिक व्यवस्थापन तथा सहकारी गतिविधिलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल गरेको जनाएको छ। साधारण सभा सफल बनाउन सहयोग गर्ने सम्पूर्ण पदाधिकारी, सदस्य, कर्मचारी तथा शुभेच्छुकप्रति संस्थाले आभार व्यक्त गरेको छ।

वन संरक्षण र उपभोक्ताको हितमा जोड दिँदै जनएकता सामुदायिक वनको २०औँ साधारणसभा सम्पन्न
सञ्जय कार्की रौतहट, १५ असोज । वन संरक्षणसँगै स्थानीय उपभोक्ताको हित र सामुदायिक वनको दिगो व्यवस्थापनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै चन्द्रपुर

चन्द्रोदय साकोसद्वारा सात ज्येष्ठ सदस्य सम्मानित
रौतहट, १५ असोज । ज्येष्ठ नागरिक दिवसको अवसरमा चन्द्रोदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना सात जना ज्येष्ठ सदस्यलाई सम्मान गरेको छ।अक्टोबर १

चन्द्रपुर–९ चेतनगरमा पशुहरूलाई भ्यागुते र चरचरे रोगविरुद्ध निःशुल्क खोप
रौतहट, १५ असोज । रौतहटको चन्द्रपुर नगरपालिका पशुसेवा शाखाले चन्द्रपुर नगरपालिका–९ स्थित चेतनगर गाउँमा पशुहरूलाई भ्यागुते तथा चरचरे रोगविरुद्ध









प्रतिकृया दिनुहोस