ताजा खबर

अन्तरास्ट्रिय

शुक्रबार, भदौ १९, २०८३

बाढीपीडितको राहतका लागि नेपाली कांग्रेस बृन्दावन नगर समितिद्वारा १ लाख ४ हजारभन्दा बढी सहयोग सङ्कलन

SITENAME

रौतहट १९ भदौ 
बाढीपीडित नागरिकहरूका लागि उद्धार, राहत तथा पुनर्मिलन/पुनःस्थापना कार्यमा सहयोग पु¥याउने उद्देश्यले नेपाली कांग्रेस बृन्दावन नगर कार्यसमितिले १ लाख ४ हजार ५ सय ५५ रुपैयाँ रकम  प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा जम्मा गरेको छ । बृदावन नगर कार्यसमितिको पहलमा सङ्कलित उक्त सहयोग रकम बाढीपीडितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष -प्रधानमन्त्री राहत कोष) मा जम्मा गरिएको छ । æमानवता हाम्रो धर्म, सेवा हाम्रो कर्मæ भन्ने मूल नाराका साथ पार्टीका स्थानीय नेता, वडा अध्यक्ष तथा पूर्व पदाधिकारीहरूबाट रकम सङ्कलन गरिएको नगर कार्यसमितिले जनाएको छ । सङ्कलित रकमले बाढीबाट प्रभावित परिवारहरूलाई राहत र पुनरुत्थानमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।
सहयोग रकम सङ्कलन अभियानमा विभिन्न तहका नेता तथा प्रतिनिधिहरूले स्वेच्छिक सहयोग गरेका सो पार्टीले जनाएको छ । आयोजक नेपाली कांग्रेस बृन्दावन नगर कार्यसमितिले विपद्को यस कठिन समयमा सहयोग पु¥याउने सम्पूर्ण सहयोगी महानुभावहरूलाई हृदयदेखि धन्यवाद व्यक्त गर्दै कृतज्ञता ज्ञापन गरेको छ ।
रकम सङ्कलन सूची अनुसार सहयोग गर्नेहरू ः
रामस्नेही राय यादव -क्षेत्रीय सभापति, क्षेत्र नं. ४) — रु. ५,१००  
अरविन्द सहनी -बृन्दावन नगर सभापति) — रु. ५,१००
जयमंगल पण्डित कुम्हार -वडा सभापति, वडा नं. ७) — रु. ५,०००
शेख असलम -वडा सभापति, वडा नं. ६) — रु. ५,०००
श्यामनन्दन प्रसाद यादव -वडा अध्यक्ष, वडा नं. ४) — रु. ५,००१
विरेन्द्र दास -वडा सभापति, वडा नं. ५) — रु. ५,०००
दिनाथ महतो -पूर्व वडा अध्यक्ष, वडा नं. ८) — रु. ४,०००
नाजिर हुसेन -पूर्व वडा अध्यक्ष, वडा नं. ९) — रु. ४,०००
सुबोध पटेल -वडा सभापति, वडा नं. १) — रु. २,०००
अब्बुलैश अंसारी -वडा प्रत्याशी, वडा नं. २) — रु. २,५००
मनिष भण्डारी -वडा सभापति, वडा नं. २) — रु. २,१००
गजेन्द्र प्रसाद पाल -पूर्व नगर प्रवक्ता) — रु. २,१००
मोहन यादव -नगर सचिव) — रु. ५,०००
होश नारायण यादव — रु. ४,०००
शेख मजिद — रु. २,५००
ईद महम्मद अन्सारी — रु. २,१००
बैधनाथ प्रसाद पाल -पूर्व गा.वि.स. अध्यक्ष) — रु. २,५००
लक्ष्मणदेव यादव — रु. १,७००
प्रमोद ठाकुर — रु. ८,०००
शम्भु साह — रु. १०,०५५
राजु यादव — रु. १५,०००
दिपेन्द्र साह — रु. ५,५००

प्रतिकृया दिनुहोस

रसुवा बाढीमा रौतहटका दुई इन्जिनियरसहित ६ जना सम्पर्क विहीन

रौतहट, ११ भाद्र  रसुवामा आएको विनाशकारी बाढी तथा पहिरोपछि रौतहटका दुई जना मेकानिकल इन्जिनियरसहित ६ जना नागरिक सम्पर्कविहीन भएका छन् । जिल्ला

SITENAME

भारतमा सडक दुर्घटनामा मृत्यु भएका तीनै जनामध्ये दुई जनाको अन्त्येष्टि 

रौतहट ३० श्रावण रौतहटको गरुडा नगरपालिका–६ पोठियाहीका तीन जना तीर्थयात्रीको भारतमा भएको सवारी दुर्घटनामा मृत्यु भएको छ । दुर्घटनामा मृत्यु भएका

SITENAME

थाइल्याण्डमा चन्द्रपुरका शुवम रायमाझीलाई कांस्य पदक

रौतहट २१ साउन चन्द्रपुर नगरपालिका–१ निवासी नेपाली तेक्वान्दो खेलाडी शुवम रायमाझीले थाइल्याण्डको पटाया सहरमा सम्पन्न नवौँ हिरोज अन्तर्राष्ट्रिय