ताजा खबर

राष्ट्रिय

मंगलबार, असोज १३, २०८३

लालबकैया खोलाबाट महिलाको जीवित उद्धार

SITENAME

रौतहट, १३ असोज । रौतहटको मौलापुर नगरपालिका–४ स्थित लालबकैया खोलाबाट एक महिलाको जीवित उद्धार गरिएको छ।
जिल्ला माधवनारायण नगरपालिका–१ दिपहीटोल बस्ने अन्दाजी ३५ वर्षीया ललिता देवी पासवान घरायसी समस्याका कारण मंगलबार बिहान करिब ५ बजे परिवारलाई जानकारी नदिई घरबाट निस्किएकी थिइन्। उनी लालबकैया खोलाको पानीमा डुबिरहेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय मौलापुरका प्रहरी निरीक्षक भरत केसी बिहानको नियमित कार्यमा रहेका बेला घटनास्थल पुगेका थिए। प्रहरी निरीक्षक केसीले जोखिम मोलेर खोलामा पसेर महिलालाई जीवितै उद्धार गरेका हुन्। उद्धारपछि उनलाई इलाका प्रहरी कार्यालय मौलापुरमा ल्याइएको र स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घटनाबारे परिवारका सदस्यलाई जानकारी गराइएको छ। प्रहरीका अनुसार ललिताका श्रीमान् काठमाडौंमा कपडा सिलाउने काम गर्दै आएका छन् भने उनका चार छोरा छन्। घटनास्थल इलाका प्रहरी कार्यालय मौलापुरबाट करिब ४ किलोमिटर पूर्वमा पर्छ। घटनाबारे थप विवरण अनुसन्धानपछि सार्वजनिक गरिने प्रहरीले जनाएको छ।
 

प्रतिकृया दिनुहोस
SITENAME

महाकाली नदीको झोलुङ्गे पुल भाँचिएपछि आवतजावत अवरुद्ध

कञ्चनपुर, १४ असोज । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–४ स्थित महाकाली नदीमा रहेको झोलुङ्गे पुल भाँचिएपछि आवतजावत अवरुद्ध भएको छ। दोधारा चाँदनी

SITENAME

सलेमपुरबाट दुई थान कटुवा पेस्तोलसहित एक जना पक्राउ

बारा, १२ असोज । बारा जिल्लाको सिम्रौनगढ नगरपालिका–२ सलेमपुरबाट सशस्त्र प्रहरीले दुई थान कटुवा पेस्तोल र पाँच राउण्ड गोलीसहित एक जनालाई नियन्त्रणमा

SITENAME

चन्द्रपुर नगरपालिकामा रेबिजविरुद्ध सचेतना र्‍याली तथा विशेष कार्यक्रम सम्पन्न

बिबेक चाैधरी  चन्द्रपुर, असोज १२ रेबिज रोग नियन्त्रण तथा रोकथामका लागि जनचेतना फैलाउने उद्देश्यले चन्द्रपुर नगरपालिका, पशु सेवा शाखाको आयोजनामा

↑