ताजा खबर

राष्ट्रिय

शनिबार, असोज १०, २०८३

मुकेश गिरी दोस्रो कार्यकालका लागि कांग्रेस चन्द्रपुर नगर सभापतिमा सर्वसम्मत

SITENAME

रौतहट, १० असोज । नेपाली कांग्रेसको १५औँ नगर अधिवेशनबाट मुकेश गिरी दोस्रो कार्यकालका लागि चन्द्रपुर नगर सभापतिमा सर्वसम्मत चयन हुनुभएको छ। अधिवेशनबाट उपसभापतिमा बलराम राउत र महिला उपसभापतिमा सबिता लामा चयन हुनुभएको छ। त्यस्तै सचिवमा शेख एसानुल हक तथा सहसचिवमा बैजु साह सर्वसम्मत चयन हुनुभएको छ। नगर कार्यसमितिको सदस्यमा वडा नम्बर १ बाट अर्पना घिमिरे र दुर्गादेवी दाहाल, वडा नम्बर २ बाट बिनिता स्याङ्तान र तेजबहादुर यस्माइली, वडा नम्बर ३ बाट आइतेसिंह जिम्बा र ममता गौतम चयन हुनुभएको छ। त्यसैगरी वडा नम्बर ४ बाट छत्रबहादुर खड्का र रश्मिता राई, वडा नम्बर ५ बाट मानबहादुर राना मगर र इन्दिरा देवकोटा, वडा नम्बर ६ बाट बिन्देश्वरी देवी र वीरेन्द्रकुमार साह, वडा नम्बर ७ बाट सुनीता चौधरी र महादेव राय चयन हुनुभएको छ। वडा नम्बर ८ बाट नानीमाया कोइराला र ध्रुवप्रसाद पराजुली, वडा नम्बर ९ बाट मनिषा राम र अशोक कार्की तथा वडा नम्बर १० बाट सुनीता देवी यादव र रअिल चौधरी सदस्यमा सर्वसम्मत चयन हुनुभएको छ। खुला सदस्यतर्फ प्रदीप गोसाईं र वीरबहादुर घलान, महिला खुलातर्फ कशिश भट्टराई तथा दलित खुलातर्फ विजय विश्वकर्मा र सपना परियार चयन हुनुभएको छ। अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य देवप्रसाद तिमिल्सिनाले नेपाली कांग्रेस राजनीतिक पार्टी मात्र नभई लोकतन्त्र, विधिको शासन, नागरिक स्वतन्त्रता, सामाजिक न्याय र प्रजातान्त्रिक संस्कारका लागि लामो समयदेखि संघर्ष गर्दै आएको ऐतिहासिक पार्टी भएको बताउनुभयो। क्षेत्रीय सभापति रामस्नेही यादवले कांग्रेसभित्र नेतृत्व चयनमा देखिएको सहमति, सहकार्य र एकताको भावनाले संगठनलाई थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो। चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जय काफ्लेले जिम्मेवारी भनेको पद प्राप्त गर्नु मात्र नभई सबै साथी–सहकर्मीलाई समेटेर पार्टीलाई एकढिक्का बनाएर अघि बढ्नु रहेको बताउनुभयो। त्यस्तै महासमिति सदस्य रामचन्द्र चौधरीले विचारमा विविधता भए पनि उद्देश्यमा एकता कायम गर्दै संगठनलाई थप मजबुत, जनमुखी र अनुशासित बनाउने जिम्मेवारी नयाँ नेतृत्वको रहेको बताउनुभयो। कार्यक्रममा प्रदेशसभा ‘क’ का सभापति नीलहरि कोइराला र महाधिवेशन प्रतिनिधि सूर्यबहादुर थापाले शुभकामना मन्तव्य राख्नुभएको थियो। चन्द्रपुर नगरपालिका–६ का वडा सभापति नेत्रबहादुर कुश्वारले स्वागत मन्तव्य दिनुभएको थियो भने कार्यक्रमको सञ्चालन सुवास कोइरालाले गर्नुभएको थियो।

प्रतिकृया दिनुहोस
SITENAME

कार्बन लाभ बाँडफाँड तथा लगानी योजना तयारीसम्बन्धी तालिम सम्पन्न

रौतहट, असोज १० । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, मधेस प्रदेशको सहयोग तथा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, जिल्ला महासंघ रौतहटको आयोजनामा

SITENAME

संकल्प साकोसको १८औँ वार्षिक साधारणसभा सुरु

 रौतहट, १० असोज । चन्द्रपुर–५ स्थित संकल्प बचत तथा ऋण सहकारी संस्था ९साकोस० को १८औँ वार्षिक साधारणसभा सुरु भएको छ। चन्द्रपुर–६ स्थित जनज्योति

SITENAME

स्वस्तिक साकोसको १४ औँ वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षतामा पुनः नरेन्द्र बहादुर राना

चन्द्रपुर-४ मा रहेको स्वस्तिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४औँ वार्षिक साधारण सभा तथा नयाँ नेतृत्व चयन प्रक्रिया आज भव्य रूपमा सम्पन्न भएको

↑