स्थानीय
मोटरसाइकल दुर्घटनामा २८ वर्षीय युवकको मृत्यु

रौतहट, १५ असोज । रौतहटको बौधिमाई नगरपालिका–८ स्थित मौलापुर–बंकुल भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। मौलापुरबाट बंकुलतर्फ जाँदै गरेको BR05AU 0905 नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा परोहा नगरपालिका–९ निवासी लालबाबु दासका छोरा अन्दाजी २८ वर्षीय जितेन्द्र दासको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनाको सूचना बुधबार बिहान करिब ५ः३० बजे प्रहरी चौकी बंकुलमा प्राप्त भएपछि प्रहरी सहायक निरीक्षक रमेशप्रसाद यादवको कमाण्डमा टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले घटनास्थल सुरक्षित राखी आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ। घटनाको थप अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गर्न इलाका प्रहरी कार्यालय मौलापुरबाट प्रहरी निरीक्षक भरत केसीको कमाण्डमा टोली तथा जिल्ला प्रहरी कार्यालय गौरबाट SOCO सहितको मुचुल्का टोली घटनास्थल पुगेको प्रहरीले जनाएको छ। दुर्घटनास्थल प्रहरी चौकी बंकुलबाट करिब ३ किलोमिटर उत्तरतर्फ रहेको बताइएको छ। घटनाबारे थप विवरण अनुसन्धानपछि सार्वजनिक गरिने प्रहरीले जनाएको छ।

तलब बढाउन माग गर्दै गौरका करारका स्वीपर हडतालमा, शहरमा फोहोर उठ्न सकेन
रौतहट १५ असोज रौतहटको गौर नगरपालिकामा कार्यरत करारका स्वीपरहरू तलब वृद्धि गर्न माग गर्दै बिहीबार एक्कासि हडतालमा उत्रिएपछि नगर क्षेत्रमा नियमित

प्रसव पीडित महिलाको ज्यान जोगाउन रक्तदान गरेर गोलेले गरे सहयोग
रौतहट १३ असोज रौतहटको चन्द्रपुरमा प्रसव पीडाका कारण उपचाररत एक महिलालाई आवश्यक रक्तको अभाव भएपछि गुुञ्जन एफएम १०५.३ मेगाहर्जका सहायक स्टेशन

रौतहट बचत तथा ऋण सहकारी संघको ३० औँ स्थापना दिवस सम्पन्न
रौतहट १२ असोज रौतहट बचत तथा ऋण सहकारी संघ लिमिटेडको ३०औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी सम्पन्न भएको छ। स्थापना दिवसका अवसरमा पूर्व तथा









प्रतिकृया दिनुहोस