ताजा खबर

राष्ट्रिय

बिहीबार, असोज १५, २०८३

चन्द्रपुर–९ चेतनगरमा पशुहरूलाई भ्यागुते र चरचरे रोगविरुद्ध निःशुल्क खोप

SITENAME

रौतहट, १५ असोज । रौतहटको चन्द्रपुर नगरपालिका पशुसेवा शाखाले चन्द्रपुर नगरपालिका–९ स्थित चेतनगर गाउँमा पशुहरूलाई भ्यागुते तथा चरचरे रोगविरुद्ध निःशुल्क खोप लगाईएको छ। पशुसेवा शाखाका प्राविधिक कर्मचारीहरूले पशुसेवा शाखा प्रमुख डाक्टर रीता थापाको निगरानीमा बुधबार गाउँमै पुगेर पशुहरूलाई खोप लगाइएको हो । पशुमा लाग्ने संक्रामक रोगको जोखिम न्यूनीकरण गर्दै किसानका पशुधनको संरक्षण गर्ने उद्देश्यले खोप अभियान सञ्चालन गरिएको पशुसेवा शाखाले जनाएको छ। स्थानीय किसानको सहभागितामा सञ्चालन गरिएको अभियानबाट पशुमा भ्यागुते तथा चरचरे रोगको संक्रमण रोकथाममा सहयोग पुग्ने अपेक्षा गरिएको छ। नगरपालिकाले पशु स्वास्थ्य संरक्षण तथा किसानको आर्थिक क्षति न्यूनीकरणका लागि यस्ता खोप तथा पशु स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
 

प्रतिकृया दिनुहोस
SITENAME

बिन्दबासिनी साकोसको १६औँ एकाइ साधारण सभा सम्पन्न

रौतहट, १५ असोज । बिन्दबासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औँ एकाइ अन्तर्गत पहिलो दिनको साधारण सभा बिहीबार चन्द्रपुर नगरपालिका–७,

SITENAME

वन संरक्षण र उपभोक्ताको हितमा जोड दिँदै जनएकता सामुदायिक वनको २०औँ साधारणसभा सम्पन्न

सञ्जय कार्की रौतहट, १५ असोज । वन संरक्षणसँगै स्थानीय उपभोक्ताको हित र सामुदायिक वनको दिगो व्यवस्थापनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै चन्द्रपुर

SITENAME

चन्द्रोदय साकोसद्वारा सात ज्येष्ठ सदस्य सम्मानित

रौतहट, १५ असोज । ज्येष्ठ नागरिक दिवसको अवसरमा चन्द्रोदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना सात जना ज्येष्ठ सदस्यलाई सम्मान गरेको छ।अक्टोबर १

↑