राष्ट्रिय
चन्द्रोदय साकोसद्वारा सात ज्येष्ठ सदस्य सम्मानित

रौतहट, १५ असोज । ज्येष्ठ नागरिक दिवसको अवसरमा चन्द्रोदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना सात जना ज्येष्ठ सदस्यलाई सम्मान गरेको छ।अक्टोबर १ अर्थात् २०८३ असोज १५ गते परेको ज्येष्ठ नागरिक दिवसका अवसरमा साकोसको कार्यकक्षमा आयोजित कार्यक्रममा संस्थासँग आबद्ध अग्रज सदस्यहरूलाई सम्मान गरिएको हो। ज्येष्ठ सदस्यप्रति सम्मान व्यक्त गर्दै उनीहरूको संस्थाप्रतिको योगदान र अनुभवको कदर गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको साकोसले जनाएको छ। कार्यक्रमको अध्यक्षता साकोसका अध्यक्ष बसन्त आचार्यले गर्नुभएको थियो। उपस्थित अग्रज सदस्य तथा अतिथिलाई साकोसका कोषाध्यक्ष भीमबहादुर विकले स्वागत मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा साकोसका सल्लाहकार कालिन्दी घिमिरे तथा सम्मानित ज्येष्ठ सदस्य तृण प्रसाद दुलालले मन्तव्य राख्नुभएको थियो। छोटो तथा आत्मीय वातावरणमा सम्पन्न कार्यक्रमको सञ्चालन साकोसका सह–व्यवस्थापक नवीन अधिकारीले गर्नुभएको थियो। कार्यक्रममा गजेन्द्र सिंह भट्टराई, हरि कुमार पोखरेल, देवी बहादुर सापकोटा, हरि प्रसाद बराल, टीका प्रसाद भट्टराई, चेतनाथ कोइराला र तृण प्रसाद दुलाललाई सम्मान गरिएको हो। ज्येष्ठ नागरिक दिवसको अवसरमा आयोजित सम्मान कार्यक्रमले संस्थाको विकासमा अग्रज सदस्यहरूले पुर्याएको योगदानको स्मरण गर्दै उनीहरूको अनुभव र ज्ञानलाई सम्मान गर्ने वातावरण सिर्जना गरेको सहभागीहरूले बताएका छन्।

बिन्दबासिनी साकोसको १६औँ एकाइ साधारण सभा सम्पन्न
रौतहट, १५ असोज । बिन्दबासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औँ एकाइ अन्तर्गत पहिलो दिनको साधारण सभा बिहीबार चन्द्रपुर नगरपालिका–७,

वन संरक्षण र उपभोक्ताको हितमा जोड दिँदै जनएकता सामुदायिक वनको २०औँ साधारणसभा सम्पन्न
सञ्जय कार्की रौतहट, १५ असोज । वन संरक्षणसँगै स्थानीय उपभोक्ताको हित र सामुदायिक वनको दिगो व्यवस्थापनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै चन्द्रपुर

चन्द्रपुर–९ चेतनगरमा पशुहरूलाई भ्यागुते र चरचरे रोगविरुद्ध निःशुल्क खोप
रौतहट, १५ असोज । रौतहटको चन्द्रपुर नगरपालिका पशुसेवा शाखाले चन्द्रपुर नगरपालिका–९ स्थित चेतनगर गाउँमा पशुहरूलाई भ्यागुते तथा चरचरे रोगविरुद्ध









प्रतिकृया दिनुहोस