ताजा खबर

स्थानीय

बिहीबार, असोज १५, २०८३

तलब बढाउन माग गर्दै गौरका करारका स्वीपर हडतालमा, शहरमा फोहोर उठ्न सकेन

SITENAME

रौतहट १५ असोज 
रौतहटको गौर नगरपालिकामा कार्यरत करारका स्वीपरहरू तलब वृद्धि गर्न माग गर्दै बिहीबार एक्कासि हडतालमा उत्रिएपछि नगर क्षेत्रमा नियमित रूपमा फोहोर उठाउने कार्य प्रभावित भएको छ । स्वीपरहरू हडतालमा गएपछि गौर नगरपालिकाका विभिन्न टोल तथा बजार क्षेत्रबाट दैनिक रूपमा संकलन हुने फोहोर आज उठ्न नसकेको गौर नगरपालिकाका नगर प्रमुख शम्भुु साहले बताउनु हो । तलब वृद्धि लगायतका माग राख्दै करारका स्वीपरहरूले काम रोकेका कारण नगरको सरसफाइ व्यवस्थापनमा समस्या देखिएको साहले जानकारी दिनुु भयो । नगरपालिकामा स्थायी दरबन्दीमा कार्यरत तीन जना स्वीपर फोहोर उठाउन तयार रहे पनि उनीहरूलाई समेत काम गर्न नदिइएको बताइएको छ । यसका कारण नियमित फोहोर संकलन तथा व्यवस्थापन कार्य पूर्णरूपमा प्रभावित भएको जनाइएको छ । नगर क्षेत्रमा फोहोर थुप्रिँदा स्वास्थ्य तथा वातावरणमा समेत असर पर्न सक्ने भएकाले तत्काल समस्या समाधान गरी सरसफाइ सेवा नियमित गर्नुपर्ने स्थानीयको माग छ । यसैबीच, गौर नगरपालिकाले फोहोर संकलन तथा व्यवस्थापन नियमित नभएसम्म आफ्ना घर, पसल तथा व्यापारिक प्रतिष्ठानबाट निस्कने फोहोर जथाभावी सडक तथा सार्वजनिक स्थानमा नफाल्न नगरवासीलाई आग्रह गरेको छ । नगरपालिकाले फोहोरलाई सुरक्षित रूपमा व्यवस्थापन गरी सरसफाइ कायम राख्न सबै नगरवासीमा अनुरोध गरेको छ ।

प्रतिकृया दिनुहोस
SITENAME

मोटरसाइकल दुर्घटनामा २८ वर्षीय युवकको मृत्यु

रौतहट, १५ असोज । रौतहटको बौधिमाई नगरपालिका–८ स्थित मौलापुर–बंकुल भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। मौलापुरबाट

SITENAME

प्रसव पीडित महिलाको ज्यान जोगाउन रक्तदान गरेर गोलेले गरे सहयोग 

रौतहट १३ असोज  रौतहटको चन्द्रपुरमा प्रसव पीडाका कारण उपचाररत एक महिलालाई आवश्यक रक्तको अभाव भएपछि गुुञ्जन एफएम १०५.३ मेगाहर्जका सहायक स्टेशन

SITENAME

रौतहट बचत तथा ऋण सहकारी संघको ३० औँ स्थापना दिवस सम्पन्न

रौतहट  १२ असोज  रौतहट बचत तथा ऋण सहकारी संघ लिमिटेडको ३०औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी सम्पन्न भएको छ। स्थापना दिवसका अवसरमा पूर्व तथा

↑