स्थानीय
रौतहटको कटहरियामा पाँच वर्षीया बालिकामाथि जबरजस्ती करणी प्रयासको आरोप

रौतहट १६ असोज
रौतहटको कटहरियामा पाँच वर्षीया बालिकालाई फकाएर सुनसान स्थानमा लगेर जबरजस्ती करणीको प्रयास गरेको आरोपमा स्कुल बसका सहचालकविरुद्ध मुद्दा दर्ता भएको छ । कटहरिया नगरपालिका–५ का २२ वर्षीय सर्विन यादवविरुद्ध बिहीबार इलाका प्रहरी कार्यालय गरुडामा जाहेरी परेपछि प्रहरीले जबरजस्ती करणी उद्योगसम्बन्धी मुद्दा दर्ता गरेको हो । यादवलाई रौतहट जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी शंकरप्रसाद आचार्यले जानकारी दिए । प्रहरीका अनुसार बुधबार बिहान द ड्रीम एकेडेमीमा अध्ययनरत आफ्ना दाजुलाई टिफिन पुर्याउन पुगेकी बालिकालाई यादवले विद्यालय परिसरबाट बाहिर बोलाएर नजिकैको खाली छाप्रोमा लगेको आरोप छ । त्यहाँ बालिकामाथि जबरजस्ती करणीको प्रयास गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । बालिका त्यहाँबाट उम्किएर घर पुगेपछि आमालाई घटनाबारे जानकारी गराएकी थिइन् । परिवारले विद्यालय प्रशासनलाई घटनाबारे जानकारी गराएपछि घटना सार्वजनिक नगर्न दबाब दिएको आरोपसमेत लगाएको छ । उक्त विषयमा पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनापछि प्रहरीले विद्यालय परिसर र घटनास्थलको निरीक्षण गर्नुका साथै सीसीटीभी फुटेज जाँच गरेको थियो। फुटेजमा यादवले बालिकालाई छाप्रो तर्फ लैजाँदै गरेको देखिएको प्रहरीको भनाइ छ । बालिकाको स्वास्थ्य परीक्षण भइसकेको र घटनाबारे थप अनुसन्धान जारी रहेको डीएसपी आचार्यले बताए ।

चन्द्रपुर-८ मा होटल सञ्चालन र मदिरा बिक्री-वितरणको समय सीमा तोकियो
संवाददाता: विवेक चौधरी असोज १७ ,चन्द्रपुर, रौतहट चन्द्रपुर नगरपालिका वडा नं. ८ मा शान्ति सुरक्षा तथा सामाजिक मर्यादा कायम राख्नका लागि वडा

संकल्प सहकारीको अध्यक्षमा कुलबहादुर थापा
बिबेक चाैधरी रौतहट १७ असोज संकल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आगामी चार वर्षे कार्यकालका लागि कुल बहादुर थापाको अध्यक्षतामा नौ

रौतहटमा पोखरीमा डुबेर २८ वर्षीय युवकको मृत्यु
रौतहट, १७ असोज । रौतहटको फतुवा विजयपुर नगरपालिकामा पोखरीमा डुबेर एक युवकको मृत्यु भएको छ। फतुवा विजयपुर नगरपालिका–१ बैरगिनिया टोलमा स्थानीय









प्रतिकृया दिनुहोस