राष्ट्रिय
नेपाल रक्तदाता संगठनको रौतहट जिल्ला शाखा विस्तार

रौतहट, १८ असोज । ‘मानवताका लागि रक्त अभियान’ भन्ने उद्देश्यसहित नेपाल रक्तदाता संगठनको रौतहट जिल्ला शाखा विस्तार गरिएको छ । चन्द्रपुर हस्पिटलको सभा हलमा सम्पन्न कार्यक्रममा बसन्त आचार्यको अध्यक्षतामा जिल्ला कार्यसमिति गठन गरिएको हो । संगठनले गत भदौमा रौतहट संयोजकको जिम्मेवारी आचार्यलाई दिएको थियो । नवगठित समितिको उपाध्यक्षमा रामशरण गौतम, सचिवमा दिवाकर सापकोटा, कोषाध्यक्षमा श्यामहरि चौलागाईं, सहसचिवमा अभि मैनाली तथा सदस्यहरूमा विमला पाण्डे चौधरी, मो। अजाद आलम, सुबोध कोइराला, विद्या खड्का, सविता श्रेष्ठ र शुभनारायण चौधरी रहेका छन् । चन्द्रपुर हस्पिटलका सञ्चालक डाक्टर सुवास कुमार चौधरी सल्लाहकारमा चयन भएका छन् । कार्यक्रममा प्रमुख अतिथि डाक्टर चौधरीले रक्तदानको महत्वबारे धारणा राख्नुभएको थियो भने चन्द्रपुर हस्पिटलको प्राविधिक सहयोगमा रक्तदानसमेत गरिएको थियो । सामाजिक क्षेत्रमा सक्रिय आचार्यले यसअघि पनि नियमित रक्तदान कार्यक्रम सञ्चालन गर्दै आपत्कालीन अवस्थामा रगतको व्यवस्थापनमा सहयोग गर्दै आएका छन् ।

चन्द्रपुर-८ मा होटल सञ्चालन र मदिरा बिक्री-वितरणको समय सीमा तोकियो
संवाददाता: विवेक चौधरी असोज १७ ,चन्द्रपुर, रौतहट चन्द्रपुर नगरपालिका वडा नं. ८ मा शान्ति सुरक्षा तथा सामाजिक मर्यादा कायम राख्नका लागि वडा

धान खेतमा ५५ वर्षीय पुरुष मृत फेला
रौतहट, १७ असोज । रौतहटको गढीमाई नगरपालिका–३ लक्ष्मीपुरस्थित धान खेतमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार स्थानीय नाजिर मियाँका

संकल्प सहकारीको अध्यक्षमा कुलबहादुर थापा
बिबेक चाैधरी रौतहट १७ असोज संकल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आगामी चार वर्षे कार्यकालका लागि कुल बहादुर थापाको अध्यक्षतामा नौ









प्रतिकृया दिनुहोस