अन्तरास्ट्रिय
जापनको फुकुओकामा थारु समुदाय क्युशुको दोस्रो जितिया मिलन कार्यक्रम - 2026 सम्पन्न

थारु समुदाय क्युशु, जापानको आयोजनामा “दोस्रो जितिया मिलन कार्यक्रम–२०२६” जापानको फुकुओकामा भव्य रूपमा सम्पन्न भएको छ।थारु समुदायको मौलिक भाषा, संस्कृति, परम्परा, कला र पहिचानलाई जापानमा संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा थारु समुदायका विभिन्न मौलिक सांस्कृतिक प्रस्तुतिहरू प्रदर्शन गरिएको थियो। कार्यक्रममा थारु संस्कृतिमा आधारित नाचगान, परम्परागत भेषभूषा, खानपिन तथा सांस्कृतिक प्रस्तुति विशेष आकर्षणका रूपमा रहेका थिए।कार्यक्रममा थारु समुदाय क्युशुका अध्यक्ष श्री चन्द्रनन्द चौधरीले सभापतिको भूमिका निर्वाह गर्नुभएको थियो भने Gaurab Mart, Tosu का सञ्चालक श्री गौरव श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।कार्यक्रममा जापानमा रहेका थारु समुदायका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो। विदेशमा रहेर पनि आफ्नो मौलिक संस्कृति, परम्परा र पहिचानलाई निरन्तरता दिने तथा नयाँ पुस्तालाई थारु संस्कृतिसँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।कार्यक्रमबारे जानकारी दिँदै जितिया समिति संयोजक श्री गोबिन्द चौधरीले जापानमा रहेका थारु समुदायबीच आपसी एकता, सद्भाव र सांस्कृतिक पहिचानलाई अझ मजबुत बनाउन जितिया मिलन कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।उहाँका अनुसार यस्ता सांस्कृतिक कार्यक्रमले जापानमा रहेका थारु समुदायलाई आफ्नो मौलिक संस्कृति र परम्परासँग जोड्नुका साथै नेपाली तथा जापानी समाजमा थारु समुदायको संस्कृति र पहिचान चिनाउन पनि सहयोग पुग्नेछ।कार्यक्रममा सहभागीहरूले थारु समुदायको मौलिक संस्कृति, कला, भेषभूषा, खानपिन र परम्परालाई विदेशमा समेत संरक्षण गर्दै आगामी पुस्तासम्म पुर्याउनुपर्नेमा जोड दिएका थिए।“अपन संस्कृति अपन संस्कार संरक्षण करु अपन पहिचान ” भन्ने भावनासहित सम्पन्न दोस्रो जितिया मिलन कार्यक्रमले जापानमा थारु समुदायको सांस्कृतिक एकता र पहिचानलाई थप बलियो बनाएको आयोजकको भनाइ छ।

बाढीपीडितको राहतका लागि नेपाली कांग्रेस बृन्दावन नगर समितिद्वारा १ लाख ४ हजारभन्दा बढी सहयोग सङ्कलन
रौतहट १९ भदौ बाढीपीडित नागरिकहरूका लागि उद्धार, राहत तथा पुनर्मिलन/पुनःस्थापना कार्यमा सहयोग पु¥याउने उद्देश्यले नेपाली कांग्रेस बृन्दावन नगर
रसुवा बाढीमा रौतहटका दुई इन्जिनियरसहित ६ जना सम्पर्क विहीन
रौतहट, ११ भाद्र रसुवामा आएको विनाशकारी बाढी तथा पहिरोपछि रौतहटका दुई जना मेकानिकल इन्जिनियरसहित ६ जना नागरिक सम्पर्कविहीन भएका छन् । जिल्ला

भारतमा सडक दुर्घटनामा मृत्यु भएका तीनै जनामध्ये दुई जनाको अन्त्येष्टि
रौतहट ३० श्रावण रौतहटको गरुडा नगरपालिका–६ पोठियाहीका तीन जना तीर्थयात्रीको भारतमा भएको सवारी दुर्घटनामा मृत्यु भएको छ । दुर्घटनामा मृत्यु भएका






प्रतिकृया दिनुहोस