स्थानीय
चन्द्रनिगाहपुरमा नवनिर्मित ओम शान्ति भवनको उद्घाटन

चन्द्रनिगाहपुर, रौतहट १४ असोज । आध्यात्मिक ज्ञान, राजयोग ध्यान तथा मानवीय मूल्यको प्रवर्धनमार्फत शान्त र सकारात्मक समाज निर्माण गर्ने उद्देश्यका साथ रौतहटको चन्द्रनिगाहपुरमा निर्मित ओम शान्ति भवनको समुद्घाटन गरिएको छ । ब्रह्माकुमारी राजयोग उपसेवा केन्द्र चन्द्रनिगाहपुरद्वारा आयोजित विशेष समारोहका बीच ब्रह्माकुमारीज नेपालकी निर्देशक राजयोगिनी डाक्टर राजदादीमाँको अध्यक्षता तथा मधेस प्रदेशका अर्थमन्त्री युवराज भट्टराई समीरको प्रमुख आतिथ्यमा नवनिर्मित भवनको उद्घाटन गरिएको हो । वि.सं. २०६८ बाट निर्माण सुरु भई करिब १८ वर्षको प्रयासपछि सम्पन्न भएको यस भवनको निर्माण लागत करिब ८३ लाख रुपैयाँ रहेको छ । कार्यक्रमका प्रमुख अतिथि मधेस प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले ब्रह्माकुमारीज संस्थाले राजयोग शिक्षामार्फत सामाजिक विकृति न्यूनीकरण गर्दै चरित्रवान् र आदर्श समाज निर्माणमा उल्लेखनीय योगदान पुयाएको बताउनुभयो। भौतिक विकाससँगै नैतिकता, सदाचार र सकारात्मक संस्कारको विकास उत्तिकै आवश्यक छ। आध्यात्मिक चेतनाले समाजलाई सही दिशामा अघि बढाउन मद्दत पुयाउँछ उहाँले भन्नुभयो । समारोहमा वरिष्ठ राजयोगी ब्रह्माकुमार रामसिंह ऐरले आधुनिक जीवनको तनाव र मानसिक अशान्ति न्यूनीकरणका लागि राजयोग ध्यान र आध्यात्मिक चिन्तन अनिवार्य रहेको धारणा व्यक्त गर्नुभयो। त्यसैगरी वरिष्ठ राजयोग प्रशिक्षक ब्रह्माकुमार विजयराज सिग्देलले मानिसको वास्तविक सम्पत्ति ज्ञान, गुण र श्रेष्ठ संस्कार भएको उल्लेख गर्दै नैतिक मूल्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । सकारात्मक सोच र आध्यात्मिक जीवनशैली नै सुखी जीवनको आधार भएको बताउँदै मोटिभेसनल स्पिकर ब्रह्माकुमार राजु घलेले नकारात्मक चिन्तन त्यागेर सन्तुलित जीवनशैली अपनाउन आग्रह गर्नुभयो । कार्यक्रममा राजयोगी ब्रह्माकुमार गुणराजले उपसेवा केन्द्रका गतिविधि तथा भवन निर्माणको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। सो अवसरमा भवन निर्माणमा योगदान पुयाउने सहयोगीहरूलाई प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो । विगत २३–२४ वर्षदेखि चन्द्रनिगाहपुर क्षेत्रमा क्रियाशील यस उपसेवा केन्द्रको नयाँ भवन निर्माणसँगै आध्यात्मिक गतिविधिहरू थप व्यवस्थित र प्रभावकारी हुने अपेक्षा गरिएको छ। उद्घाटनपछि यालीसहित विविध आध्यात्मिक तथा सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गरिएका थिए । समारोहमा काठमाडौँ, नारायणगढ, हेटौँडा, जनकपुर, राजविराज, वीरगञ्ज लगायत नेपालका विभिन्न भाग तथा भारतबाट आएका राजयोग साधक–साधिकाहरूको उल्लेख्य सहभागिता थियो । साथै, ब्रह्माकुमारीज युवा प्रभाग नेपालकी केन्द्रीय संयोजक कुशुम दिदी, वीरगञ्ज क्षेत्रीय प्रमुख ब्रह्माकुमारी रविना दिदी, हेटौँडा केन्द्र प्रमुख ब्रह्माकुमारी सुशीला दिदी लगायत स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो ।

राजपुर प्राथमिक स्वास्थ्य केन्द्रमा तीन खुट्टा भएको शिशुको जन्म, थप उपचारका लागि रेफर
रौतहट १६ कार्तिक रौतहटको राजपुर प्राथमिक स्वास्थ्य केन्द्र फरहदवामा तीनवटा खुट्टा भएको नवजात शिशुको जन्म भएको छ । आज बिहान करिब ५ बजे सामान्य

चन्द्रनिगाहपुरको माउन्ट एभरेस्ट आवासीय माध्यमिक विद्यालयमा खेलकुद सप्ताह सुरु
रौतहट १५ कार्तिक रौतहटको चन्द्रपुरस्थित माउन्ट एभरेस्ट आवासीय माध्यमिक विद्यालयले आजदेखि खेलकुद सप्ताह सुरु गरेको छ । विद्यार्थीहरूको शारीरिक,

रौतहटमा मोबाइल बैंकिङ मार्फत २ लाख ९५ हजार रुपैयाँ ठगी, बैंक विवरण माग्दै प्रहरीद्वारा अनुसन्धान सुरु
उपेन्द्र गोले तामाङ रौतहट १३ कार्तिक मोबाइल बैंकिङ खातामा अनधिकृत पहुँच पुर्याएर २ लाख ९५ हजार रुपैयाँ ठगी भएको उजुरीपछि प्रहरीले अनुसन्धान







प्रतिकृया दिनुहोस