ताजा खबर

स्थानीय

मंगलबार, कार्तिक १८, २०८३

रौतहटमा सिमेन्ट बोर्ड उद्योगको मेसिनमा च्यापिएर मजदुरको मृत्यु

SITENAME

रौतहट १७ कार्तिक 
उपेन्द्र गोले तामाङ
रौतहटमा उद्योगमा काम गर्ने क्रममा मेसिनमा च्यापिएर एक मजदुरको मृत्यु भएको छ । जिल्लाको फतुवा विजयपुर नगरपालिका–६ पेटभर्वास्थित एभरेस्ट फाइबर सिमेन्ट बोर्ड प्रा.लि.मा कार्यरत महोत्तरीको मनरासिसवा नगरपालिका–३ सनौल निवासी ३० वर्षीय रमेश चौधरीको मेसिनमा च्यापिएर मृत्यु भएको हो । प्रहरीका अनुसार सोमबार बिहान करिब ११ः३० बजे उद्योगमा रहेको थ्री स्टेसन मेसिनमा च्यापिएर चौधरी गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि दिउँसो १ बजे बाराको परवानीपुरस्थित एलएस न्युरो अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा चिकित्सकले दिउँसो १ बजेर ६ मिनेटमा उनलाई मृत घोषणा गरेका थिए। मृतकको शव अस्पतालमै राखिएको छ । घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय लक्ष्मीनिया विजयपुर र सन्तपुरबाट प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । घटनाको कारण र उद्योगको सुरक्षा व्यवस्थाबारे थप विवरण आउन बाँकी छ ।

प्रतिकृया दिनुहोस
SITENAME

उमेर हद खारेजीको माग गर्दै बागमती सिँचाई आयोजनाका ज्यालादारी कर्मचारी धर्नामा 

रौतहट १७ कार्तिक  उपेन्द्र गोले तामाङ सर्लाही र रौतहटमा सिँचाई सुविधा पुर्‍याउँदै आएको बागमती सिँचाई आयोजनाका ज्यालादारी कर्मचारीले विभिन्न माग

SITENAME

राजपुर प्राथमिक स्वास्थ्य केन्द्रमा तीन खुट्टा भएको शिशुको जन्म, थप उपचारका लागि रेफर 

रौतहट १६ कार्तिक  रौतहटको राजपुर प्राथमिक स्वास्थ्य केन्द्र फरहदवामा तीनवटा खुट्टा भएको नवजात शिशुको जन्म भएको छ । आज बिहान करिब ५ बजे सामान्य

SITENAME

चन्द्रनिगाहपुरको माउन्ट एभरेस्ट आवासीय माध्यमिक विद्यालयमा खेलकुद सप्ताह सुरु

रौतहट १५ कार्तिक रौतहटको चन्द्रपुरस्थित माउन्ट एभरेस्ट आवासीय माध्यमिक विद्यालयले आजदेखि खेलकुद सप्ताह सुरु गरेको छ । विद्यार्थीहरूको शारीरिक,

↑