ताजा खबर

स्थानीय

मंगलबार, कार्तिक १८, २०८३

उमेर हद खारेजीको माग गर्दै बागमती सिँचाई आयोजनाका ज्यालादारी कर्मचारी धर्नामा 

SITENAME

रौतहट १७ कार्तिक 
उपेन्द्र गोले तामाङ
सर्लाही र रौतहटमा सिँचाई सुविधा पुर्‍याउँदै आएको बागमती सिँचाई आयोजनाका ज्यालादारी कर्मचारीले विभिन्न माग राख्दै सोमबारदेखि धर्ना सुरु गरेका छन् । सर्लाहीको कर्मैयास्थित आयोजनाको कार्यालय गेटमा कर्मचारीले ५८ वर्षे उमेर हद खारेज गर्न माग गर्दै धर्ना सुरु गरेका हुन्। लामो समयदेखि दिनरात काम गर्दै आएका आफूहरूलाई उमेर हदका कारण सेवाबाट हटाउन खोजिएको उनीहरूको आरोप छ । कर्मचारीले कात्तिक ११ गते प्रकाशित सेवा सर्त सुधार गर्न, २०७५ वैशाख ३१ गते गठित समितिको सेवा–सुविधासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्न तथा चाडपर्व खर्च, पोसाक र महँगी भत्ता उपलब्ध गराउन माग गरेका छन् । त्यस्तै, सामाजिक सुरक्षा कोषमा आबद्ध गराउनुपर्ने उनीहरूको माग छ । बागमती सिँचाई आयोजना ज्यालादार कर्मचारी समितिका अध्यक्ष विनोदकुमार पासवानका अनुसार पहिलो चरणमा कात्तिक २० गतेसम्म कार्यालय समयमा कालोपट्टी बाँधेर धर्ना दिइनेछ। माग सम्बोधन नभए मंसिर १ गतेदेखि तालाबन्दी गरिने उहाँले बताउनुभयो । आन्दोलनमा बागमती सिँचाई आयोजनाका २४४ र बागमती–मनुष्मारा–झाँझ सिँचाई व्यवस्थापन कार्यालयका २० गरी कुल २६४ जना कर्मचारी सहभागी छन् । कर्मचारीहरू आलोपालो धर्नामा बसेकाले तत्काल कार्यालय तथा सिँचाई नहरको काम प्रभावित नहुने जनाइएको छ । उनीहरू नहर रेखदेख, सुरक्षा, सरसफाइ, चालक तथा अन्य प्राविधिक काममा संलग्न छन् ।

प्रतिकृया दिनुहोस
SITENAME

रौतहटमा सिमेन्ट बोर्ड उद्योगको मेसिनमा च्यापिएर मजदुरको मृत्यु

रौतहट १७ कार्तिक  उपेन्द्र गोले तामाङ रौतहटमा उद्योगमा काम गर्ने क्रममा मेसिनमा च्यापिएर एक मजदुरको मृत्यु भएको छ । जिल्लाको फतुवा विजयपुर

SITENAME

राजपुर प्राथमिक स्वास्थ्य केन्द्रमा तीन खुट्टा भएको शिशुको जन्म, थप उपचारका लागि रेफर 

रौतहट १६ कार्तिक  रौतहटको राजपुर प्राथमिक स्वास्थ्य केन्द्र फरहदवामा तीनवटा खुट्टा भएको नवजात शिशुको जन्म भएको छ । आज बिहान करिब ५ बजे सामान्य

SITENAME

चन्द्रनिगाहपुरको माउन्ट एभरेस्ट आवासीय माध्यमिक विद्यालयमा खेलकुद सप्ताह सुरु

रौतहट १५ कार्तिक रौतहटको चन्द्रपुरस्थित माउन्ट एभरेस्ट आवासीय माध्यमिक विद्यालयले आजदेखि खेलकुद सप्ताह सुरु गरेको छ । विद्यार्थीहरूको शारीरिक,

↑