स्थानीय
ओम शान्ति भवन उद्घाटनको पूर्वसन्ध्यामा चन्द्रनिगाहपुरमा पत्रकार सम्मेलन

उपेन्द्र गोले तामाङ
रौतहट १२ कार्तिक
रौतहटको चन्द्रनिगाहपुरमा ओम शान्ति भवन उद्घाटनको पूर्वसन्ध्यामा बिहीबार पत्रकार सम्मेलन सम्पन्न भएको छ । पत्रकार सम्मेलनमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको आध्यात्मिक ज्ञान, योग तथा ध्यानको महत्वबारे जानकारी गराइएको थियो । नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष सञ्जय कार्कीको प्रमुख आतिथ्य तथा ब्रह्माकुमारी सुवर्ण दिदी, चितवनको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा ब्रह्माकुमारी पर्साकी उपाध्यक्ष ब्रह्माकुमारी बेली दिदी, अन्तर्राष्ट्रिय प्रशिक्षक राजु घले तथा माउन्ट आबुबाट आउनु भएका आनन्द भाइले ब्रह्माकुमारी राजयोग सेवा केन्द्रका गतिविधि, आध्यात्मिक ज्ञान र राजयोग ध्यानको महत्वबारे प्रकाश पार्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि कार्कीले आध्यात्मिक ज्ञान, योग र ध्यानले मानिसलाई सुख, शान्ति तथा आनन्द प्राप्त गर्न सहयोग पुर्याउने बताउनुभयो । उहाँले मानव जीवनमा सकारात्मक सोच र आध्यात्मिक चेतनाको महत्व रहेको धारणा व्यक्त गर्नुभयो । गुणराज भाइले सञ्चालन गर्नु भएको पत्रकार सम्मेलनमा ओम शान्ति भवनको उद्घाटन कार्यक्रमबारे जानकारी गराइएको थियो । आयोजकका अनुसार आगामी कार्तिक १४ गते शनिबार चन्द्रनिगाहपुर चोकबाट र्याली निकालिनेछ । त्यसपछि चन्द्रपुरस्थित गोल्डेन ब्याङ्क्वेटमा औपचारिक कार्यक्रम आयोजना गरी ओम शान्ति भवनको उद्घाटन गरिने जनाइएको छ ।

रौतहटमा बेवारिसे अवस्थामा फेला परेका सडक मानवको उद्धार, परिवारको खोजी हुँदै
रौतहट १२ कार्तिक रौतहटको चन्द्रपुर नगरपालिका–५ स्थित सडकपेटीमा बेवारिसे अवस्थामा फेला पर्नुभएका अन्दाजी ५५ वर्षीय मुन्ना सिंहलाई उद्धार गरी मानव

रौतहटको मौलापुरमा मोटरसाइकल दुर्घटना ७० वर्षीया सोमरिया देवीको मृत्यु, दुई जना घाइते
रौतहट, कात्तिक १ गते। रौतहटको मौलापुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। आईतबार राति करिब १बजे मौलापुर

रौतहटमा १४७ एम्पुल लागूऔषधसहित १७ वर्षीय किशोर पक्राउ
रौतहट, ३१ असोज । रौतहट प्रहरीले १४७ एम्पुल लागूऔषधसहित एक १७ वर्षीय किशोरलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय रौतहट तथा प्रहरी चौकी





प्रतिकृया दिनुहोस