ताजा खबर

स्थानीय

शुक्रबार, कार्तिक १४, २०८३

रौतहटमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा प्रहरी जवानको मृत्यु, श्रीमती गम्भीर घाइते

SITENAME

उपेन्द्र गोले तामाङ
रौतहट १३ कार्तिक 
रौतहटमा ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक प्रहरी जवानको मृत्यु भएको छ भने उनकी श्रीमती गम्भीर घाइते भएकी छन् । दुर्घटनामा प्रहरी जवान सुभाष चौधरीको मृत्यु भएको हो भने उनकी श्रीमती प्रहरी जवान निशा खड्का गम्भीर घाइते भएकी छन् । जिल्लाको फतुवा विजयपुर नगरपालिका–११ स्थित राङ्गी टोलमा बिहीबार साँझ करिब ६ः३० बजे दुधिअवा–बालचनपुर सडकखण्डमा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार दुधिअवाबाट बालचनपुरतर्फ जाँदै गरेको ना २ त ४७८६ नम्बरको ट्याक्टर र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२–०५३ प ८२०२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए । दुर्घटनामा गुजरा नगरपालिका–४ पोखरभिन्डा निवासी ३५ वर्षीय चौधरी र मोटरसाइकलको पछाडि सवार उनकी ३० वर्षीया श्रीमती खड्का घाइते भएका थिए । दुवैलाई उपचारका लागि एम्बुलेन्समार्फत वीरगन्जस्थित बयोधा अस्पताल पुर्‍याइएको थियो । तर, उपचारकै क्रममा बिहीबार राति ८ः१० बजे चिकित्सकले चौधरीलाई मृत घोषणा गरेका थिए । उनकी श्रीमती खड्काको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । मृतक चौधरी बारा जिल्लाको इलाका प्रहरी कार्यालय सिम्रौनगढमा प्रहरी जवानका रूपमा कार्यरत रहेको खुलेको छ । घटनाबारे जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डीएसपी वसन्त गौतमले शुक्रबार जारी गरेको विज्ञप्तिमार्फत जानकारी दिएका हुन् । दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिकृया दिनुहोस
SITENAME

राजपुर प्राथमिक स्वास्थ्य केन्द्रमा तीन खुट्टा भएको शिशुको जन्म, थप उपचारका लागि रेफर 

रौतहट १६ कार्तिक  रौतहटको राजपुर प्राथमिक स्वास्थ्य केन्द्र फरहदवामा तीनवटा खुट्टा भएको नवजात शिशुको जन्म भएको छ । आज बिहान करिब ५ बजे सामान्य

SITENAME

चन्द्रनिगाहपुरको माउन्ट एभरेस्ट आवासीय माध्यमिक विद्यालयमा खेलकुद सप्ताह सुरु

रौतहट १५ कार्तिक रौतहटको चन्द्रपुरस्थित माउन्ट एभरेस्ट आवासीय माध्यमिक विद्यालयले आजदेखि खेलकुद सप्ताह सुरु गरेको छ । विद्यार्थीहरूको शारीरिक,

SITENAME

चन्द्रनिगाहपुरमा नवनिर्मित ओम शान्ति भवनको उद्घाटन

चन्द्रनिगाहपुर, रौतहट १४ असोज । आध्यात्मिक ज्ञान, राजयोग ध्यान तथा मानवीय मूल्यको प्रवर्धनमार्फत शान्त र सकारात्मक समाज निर्माण गर्ने उद्देश्यका

↑