स्थानीय
रौतहटमा भारतीय ठेकेदारबाट अलपत्र परेका ४२ भारतीय नागरिकको उद्धार

उपेन्द्र गोले तामाङ
रौतहट १९ असोज
रौतहटको गुजरा नगरपालिकाबाट अलपत्र अवस्थामा रहेका ४२ जना भारतीय नागरिकको उद्धार गरी भारतीय सीमा सुरक्षा बलको जिम्मा लगाइएको छ । गुजरा नगरपालिका–५ लक्ष्मीपुरस्थित मोहम्मद मुजामिलले सञ्चालन गरेको मदिना इँटा भट्टामा भारतीय ठेकेदारमार्फत काम गर्न आएका १२ पुरुष, ११ महिला तथा उनीहरूका आश्रित १० बालक र ९ बालिकासहित ४२ जना अलपत्र परेको सूचना प्रहरीले पाएको थियो । सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय रौतहट तथा इलाका प्रहरी कार्यालय लक्ष्मीनिया विजयपुरबाट संयुक्त प्रहरी टोली परिचालन गरी घटनाबारे अनुसन्धान गरिएको थियो । अनुसन्धानका क्रममा उनीहरूलाई ल्याएका भारतीय ठेकेदार सम्पर्कविहीन रहेको खुलेपछि प्रहरीले सोमबार साँझ ५ बजे सबै ४२ जनाको उद्धार गरेको हो । उद्धार गरिएका उनीहरूलाई ना.७ ख १६७५ नम्बरको बसमा गौर भन्सारतर्फ पठाइएको थियो । गौर भन्सार सुरक्षा गार्ड रौतहटको पहलमा उनीहरूलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) को बर्गिनिया, बिहारस्थित एएचटीयू टोलीको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । उक्त इँटा भट्टा प्रहरी चौकी हरिनगर, रौतहटबाट करिब ५ किलोमिटर पूर्व–दक्षिणमा रहेको प्रहरीले जनाएको छ ।

चन्द्रपुर-८ मा होटल सञ्चालन र मदिरा बिक्री-वितरणको समय सीमा तोकियो
संवाददाता: विवेक चौधरी असोज १७ ,चन्द्रपुर, रौतहट चन्द्रपुर नगरपालिका वडा नं. ८ मा शान्ति सुरक्षा तथा सामाजिक मर्यादा कायम राख्नका लागि वडा

संकल्प सहकारीको अध्यक्षमा कुलबहादुर थापा
बिबेक चाैधरी रौतहट १७ असोज संकल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आगामी चार वर्षे कार्यकालका लागि कुल बहादुर थापाको अध्यक्षतामा नौ

रौतहटमा पोखरीमा डुबेर २८ वर्षीय युवकको मृत्यु
रौतहट, १७ असोज । रौतहटको फतुवा विजयपुर नगरपालिकामा पोखरीमा डुबेर एक युवकको मृत्यु भएको छ। फतुवा विजयपुर नगरपालिका–१ बैरगिनिया टोलमा स्थानीय









प्रतिकृया दिनुहोस