राष्ट्रिय
कार्बन लाभ बाँडफाँड तथा लगानी योजना तयारीसम्बन्धी तालिम सम्पन्न

रौतहट, असोज १० । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, मधेस प्रदेशको सहयोग तथा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, जिल्ला महासंघ रौतहटको आयोजनामा कार्बन लाभ बाँडफाँड तथा लगानी योजना तयारीसम्बन्धी एकदिने तालिम सम्पन्न भएको छ। चन्द्रपुर नगर महासंघको संयोजनमा आयोजित तालिममा सामुदायिक वनबाट प्राप्त हुने कार्बन लाभलाई प्रभावकारी रूपमा उपयोग गर्ने विषयमा सहभागीलाई जानकारी तथा सहजीकरण गरिएको थियो। चन्द्रपुर नगर महासंघका अध्यक्ष पदमकुमारी रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, मधेस प्रदेशका अध्यक्ष सोम शर्मा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा महासंघका संघीय सदस्य राम सिंहासन यादव, जिल्ला महासंघ पर्साका अध्यक्ष एकवाली यादव तथा बारा जिल्ला महासंघका अध्यक्ष रामजी बजगाई विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। तालिममा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, जिल्ला महासंघ रौतहट, चन्द्रपुर नगर महासंघ तथा चन्द्रपुर नगरपालिकाअन्तर्गत वडा नम्बर ३ र ५ मा रहेका सातवटा सामुदायिक वनका अध्यक्ष तथा पदाधिकारीसहित ३७ जनाको सहभागिता रहेको थियो। तालिमका क्रममा कार्बन सञ्चिति, कार्बन लाभको बाँडफाँड, समुदायले कार्बन लाभबापत प्राप्त गर्ने रकमको उपयोग तथा लगानी योजनालगायतका विषयमा विस्तृत जानकारी दिइएको थियो। विशेषगरी सामुदायिक वन उपभोक्ता समूहले प्राप्त गर्ने कार्बन लाभको रकमलाई समुदायको हितमा पारदर्शी र प्रभावकारी रूपमा परिचालन गर्न आवश्यक लगानी योजना तयार गर्ने विषयमा सहभागीलाई सहजीकरण गरिएको थियो। त्यसैगरी कार्बन लाभबापत प्राप्त हुने रकमका लागि आवश्यक लगानी योजना तयार गरी माग दाबीका लागि डिभिजन वन कार्यालय रौतहटको REDD सेल तथा REDD कार्यान्वयन केन्द्र, बबरमहलस्थित कार्यालयमा योजना पेश गर्ने प्रक्रियाबारे समेत जानकारी गराइएको थियो। तालिमको सहजीकरण मधेस प्रदेशका सहजकर्ता निरञ्जन हुमागाईंले गर्नुभएको थियो। सहभागीहरूले कार्बन लाभ, त्यसको बाँडफाँड तथा प्राप्त रकमलाई वन संरक्षण, वातावरणीय संरक्षण र स्थानीय समुदायको हितमा लगानी गर्ने प्रक्रियाबारे जानकारी प्राप्त गरेको जनाइएको छ। कार्यक्रमका आयोजकले तालिममा सहभागी प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिहरू, सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष तथा पदाधिकारी, सहजकर्ता र सम्पूर्ण सहभागीप्रति धन्यवाद तथा आभार व्यक्त गरेका छन्।

संकल्प साकोसको १८औँ वार्षिक साधारणसभा सुरु
रौतहट, १० असोज । चन्द्रपुर–५ स्थित संकल्प बचत तथा ऋण सहकारी संस्था ९साकोस० को १८औँ वार्षिक साधारणसभा सुरु भएको छ। चन्द्रपुर–६ स्थित जनज्योति

मुकेश गिरी दोस्रो कार्यकालका लागि कांग्रेस चन्द्रपुर नगर सभापतिमा सर्वसम्मत
रौतहट, १० असोज । नेपाली कांग्रेसको १५औँ नगर अधिवेशनबाट मुकेश गिरी दोस्रो कार्यकालका लागि चन्द्रपुर नगर सभापतिमा सर्वसम्मत चयन हुनुभएको छ।

स्वस्तिक साकोसको १४ औँ वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षतामा पुनः नरेन्द्र बहादुर राना
चन्द्रपुर-४ मा रहेको स्वस्तिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४औँ वार्षिक साधारण सभा तथा नयाँ नेतृत्व चयन प्रक्रिया आज भव्य रूपमा सम्पन्न भएको









प्रतिकृया दिनुहोस