स्थानीय
लालबकैया पुलबाट खोलामा हाम फालेका युवक बेपत्ता

बिबेक चौधरी
रौतहट, असोज ९ — रौतहटको मौलापुर नगरपालिका–४ स्थित लालबकैया पुलबाट हाम फालेर एक युवक बेपत्ता भएका छन्।
बारा सिम्रौनगढ नगरपालिका–११ कटहरिया टोल निवासी करिब २७ वर्षीय सचिन्द्र यादव उपचारका लागि गरुडातर्फ जाँदै गर्दा मोटरसाइकलबाट लालबकैया पुलमा ओर्लिएर खोलामा हाम फालेको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार उनी मानसिक अवस्था ठीक नभएको बताइएको छ। यादव उनका दाइ करिब ३५ वर्षीय सिकिन्द्र यादवले चलाएको बागमती प्रदेश–०२–०६२ प ८५४८ नम्बरको मोटरसाइकलमा पछाडि सवार थिए।बिहीबार दिउँसो करिब १ बजे पुलबाट खोलामा हाम फालेका यादवको खोजीका लागि इलाका प्रहरी कार्यालय मौलापुरबाट प्रहरी निरीक्षक भरत केसीको कमान्डमा १७ जना र सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस क्याम्प देवाही गोनाहीबाट सशस्त्र प्रहरी निरीक्षक दिलबहादुर नेपालीको कमान्डमा गोताखोरसहित ७ जनाको टोली परिचालन गरिएको छ।प्रहरीका अनुसार २४ जनाको टोलीले लालबकैया खोलामा खोजी तथा उद्धार कार्य जारी राखेको छ। घटनास्थल इलाका प्रहरी कार्यालय मौलापुरबाट करिब ३ किलोमिटर पूर्वमा पर्छ। मोटरसाइकल र चालक सिकिन्द्र यादव भने घटनास्थलमै रहेको प्रहरीले जनाएको छ।हालसम्म सचिन्द्र यादवको अवस्था अज्ञात रहेको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

रौतहट बचत तथा ऋण सहकारी संघको बैठक सम्पन्न
रौतहट ९ असमेज । रौतहट बचत तथा ऋण सहकारी संघ लिमिटेडको नियमित बैठक शुक्रबार सम्पन्न भएको छ। संघका अध्यक्ष बिभु पोखरेलको अध्यक्षतामा बसेको बैठकले संघका

रौतहटमा १९ वर्षपछि कर्तव्य ज्यान मुद्दाका मुख्य अभियुक्त पक्राउ
रौतहट ९ असोज १९ वर्षअघि भएको दोहोरो हत्याकाण्डमा संलग्न रहेको आरोपमा रौतहट प्रहरीले मुख्य अभियुक्तलाई पक्राउ गरेको छ । २०६४ साल वैशाख ३१ गते राति

परोहाको पटेल चौकबाट कटुवा पेस्तोलसहित भारतीय नागरिक पक्राउ
रौतहट, ७ असोज । प्रहरीले रौतहट बाट कटुवा पेस्तोलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । रौतहटको परोहा नगरपालिका–८, मोतिपुरस्थित पटेल चौकबाट








प्रतिकृया दिनुहोस