राष्ट्रिय
संकल्प साकोसको १८औँ वार्षिक साधारणसभा सुरु

रौतहट, १० असोज । चन्द्रपुर–५ स्थित संकल्प बचत तथा ऋण सहकारी संस्था ९साकोस० को १८औँ वार्षिक साधारणसभा सुरु भएको छ। चन्द्रपुर–६ स्थित जनज्योति नमुना माध्यमिक विद्यालयमा चन्द्रपुर नगरपालिकाका वडा नं ४, ५ र ६ का सदस्यलाई लक्षित गरी इकाइगत रूपमा साधारणसभा सञ्चालन गरिएको हो। संस्थाले आफ्ना सदस्यलाई सहज रूपमा सहभागी गराउने उद्देश्यले इकाइगत रूपमा साधारणसभा आयोजना गरेको जनाएको छ। साधारणसभा असोज १७ गतेसम्म विभिन्न इकाइमा सञ्चालन हुने बताइएको छ।साधारणसभाको उद्धघाटन संस्थाका ८३ वर्षीय ज्येष्ठ सदस्य इन्द्रमणि दुलालले गर्नुभएको थियो। संस्थाका कार्यवाहक अध्यक्ष केबी थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका सचिव, कोषाध्यक्ष तथा लेखा समितिका तर्फबाट आ–आफ्ना प्रतिवेदन प्रस्तुत गरिएको थियो। प्रतिवेदनमार्फत संस्थाको वार्षिक गतिविधि, आर्थिक अवस्था तथा आगामी कार्ययोजनाबारे सदस्यलाई जानकारी गराइएको थियो। कार्यक्रममा संस्थाका सहसचिव रामचन्द्र तिमल्सिनाले स्वागत मन्तव्य राख्नुभएको थियो। प्रमुख वक्ताका रूपमा संस्थाका पूर्वअध्यक्ष तथा सल्लाहकार बिभु पोखरेलले सहकारीको उद्देश्य, सदस्यको भूमिका तथा संस्थाको आगामी यात्राका विषयमा धारणा राख्नुभएको थियो। सहकारी संस्थाले सदस्यको आर्थिक तथा सामाजिक अवस्थालाई सुधार गर्न बचत र ऋणको प्रभावकारी परिचालनसँगै सदस्यकेन्द्रित कार्यक्रमलाई प्राथमिकता दिनुपर्नेमा कार्यक्रममा जोड दिइएको थियो। कार्यक्रमको सञ्चालन संस्थाका सचिव चिरञ्जीवी गौतमले गर्नुभएको थियो। साधारणसभामा संस्थाका सदस्य तथा पदाधिकारीको सहभागिता रहेको थियो।

कार्बन लाभ बाँडफाँड तथा लगानी योजना तयारीसम्बन्धी तालिम सम्पन्न
रौतहट, असोज १० । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, मधेस प्रदेशको सहयोग तथा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, जिल्ला महासंघ रौतहटको आयोजनामा

मुकेश गिरी दोस्रो कार्यकालका लागि कांग्रेस चन्द्रपुर नगर सभापतिमा सर्वसम्मत
रौतहट, १० असोज । नेपाली कांग्रेसको १५औँ नगर अधिवेशनबाट मुकेश गिरी दोस्रो कार्यकालका लागि चन्द्रपुर नगर सभापतिमा सर्वसम्मत चयन हुनुभएको छ।

स्वस्तिक साकोसको १४ औँ वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षतामा पुनः नरेन्द्र बहादुर राना
चन्द्रपुर-४ मा रहेको स्वस्तिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४औँ वार्षिक साधारण सभा तथा नयाँ नेतृत्व चयन प्रक्रिया आज भव्य रूपमा सम्पन्न भएको









प्रतिकृया दिनुहोस