राष्ट्रिय
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा रौतहटका सामाजिक परिचालकविरुद्ध मुद्दा

रौतहट, ८ असोज। रौतहटको माधव नारायण नगरपालिकामा सामाजिक परिचालक पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादवविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सेवा प्रवेश गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार यादवले जिल्ला विकास समिति, रौतहटको स्थानीय ट्रष्ट कोष समितिमा सामाजिक परिचालक -सहायक स्तर पाँचौँ) पदमा नियुक्ति लिँदा बीहार इन्टरमिडियट एजुकेशन काउन्सिल पटना भारत बाट जारी भएको देखिने आईए तहको झुट्टा तथा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको अनुसन्धानबाट पुष्टि भएको हो। उक्त प्रमाणपत्रका आधारमा नियुक्ति लिएपछि यादव हालसम्म राष्ट्रसेवकको हैसियतमा कार्यरत रही ओहोदा, लाभ तथा सुविधासमेत प्राप्त गरेको आयोगको दाबी छ। नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको सम्बन्धमा परेको उजुरीमाथि अनुसन्धान गर्दा कसुर पुष्टि भएको भन्दै आयोगले यादवविरुद्ध साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा ९२० तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० बमोजिम सजायको मागदाबी गरेको जनाएको छ। आयोगले बिहीबार यादवविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो। आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सार्वजनिक पदमा नियुक्ति लिई लाभ तथा सुविधा लिएको अभियोगमा कानुनी कारबाहीको माग गरेको छ।

नमुना सामुदायिक वनमा जंगलभित्रै काठ चिरान, स्थानीयद्वारा छानबिनको माग
रौतहट, चन्द्रपुर ८असोज । रौतहटको चन्द्रपुर नगरपालिका–जुडिबेलास्थित नमुना सामुदायिक वन क्षेत्रमा जंगलभित्रै काठ चिरान हुँदा सम्बन्धित निकाय

मधेश सरकारद्वारा स्वास्थ्यको अस्थायी दरबन्दी स्वीकृत, सचिवालय कर्मचारी सङ्ख्या पुनरावलोकन गर्ने निर्णय
जनकपुरधाम, असोज ४ गते। मधेश प्रदेश सरकारले स्वास्थ्य सेवाका लागि अस्थायी दरबन्दी स्वीकृत गर्ने तथा प्रदेश सरकार र प्रदेश सभाका सचिवालयमा कार्यरत

वनटोल महिला सामुदायिक वनको अध्यक्षमा बाबुराम घिसिङ सर्वसम्मत चयन, ११ सदस्यीय कार्यसमिति गठन।
रौतहटको चन्द्रपुर–२ स्थित वनटोल महिला सामुदायिक वन उपभोक्ता समूहको २५औँ वार्षिक साधारण सभाबाट बाबुराम घिसिङको अध्यक्षतामा ११ सदस्यीय नयाँ







प्रतिकृया दिनुहोस