स्थानीय
यातायात मजदुर बचत तथा ऋण सहकारीको १५औँ वार्षिक साधारण सभा सम्पन्न

रौतहट १० असोज । यातायात मजदुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ। संस्थाका अध्यक्ष कुल प्रसाद अधिकारीको अध्यक्षतामा आयोजित सभामा संस्थाका विभिन्न गतिविधि, प्रगति तथा आर्थिक अवस्थाबारे प्रतिवेदन प्रस्तुत गरिएको थियो। कार्यक्रमको उद्घाटन संस्थाका अध्यक्ष कुल प्रसाद अधिकारी, निवर्तमान अध्यक्ष भीमबहादुर विश्वकर्मा, संस्थापक अध्यक्ष हरिप्रसाद प्रसाईं र लेखा सुपरीवेक्षण समितिका संयोजक नरराज आचार्यले संयुक्त रूपमा पानसमा बत्ती बालेर गर्नुभएको थियो। संस्थाका सचिव रामकुमार कटवालले सञ्चालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष संगिता राउतले स्वागत मन्तव्य राख्नुभएको थियो। सभामा अध्यक्ष कुल प्रसाद अधिकारीले संस्थाको समग्र अवस्था, आगामी योजना तथा गतिविधि समेटिएको अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। त्यसैगरी सचिव रामकुमार कटवालले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष विनोदकुमार बस्नेतले आर्थिक प्रतिवेदनमार्फत संस्थाको आर्थिक अवस्था तथा कारोबारका विषयमा जानकारी गराउनुभएको थियो। लेखा सुपरीवेक्षण समितिका संयोजक नरराज आचार्यले लेखा सुपरीवेक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। साधारण सभामा संस्थाको विगतको कार्यसम्पादनको समीक्षा गर्दै आगामी दिनमा सहकारीलाई थप व्यवस्थित, पारदर्शी र सदस्यकेन्द्रित बनाउँदै लैजाने विषयमा समेत छलफल भएको थियो। सभाले संस्थाका गतिविधि, आर्थिक अवस्था र भावी योजनाबारे सदस्यहरूलाई जानकारी गराएको जनाइएको छ। कार्यक्रममा संस्थाका पदाधिकारी, सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति तथा शेयर सदस्यहरूको सहभागिता रहेको थियो। साधारण सभा संस्थाको वार्षिक गतिविधि समीक्षा तथा आगामी कार्यदिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा सम्पन्न भएको बताइएको छ।

स्वस्तिक साकोसको १४ औँ वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षतामा पुनः नरेन्द्र बहादुर राना
चन्द्रपुर-४ मा रहेको स्वस्तिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४औँ वार्षिक साधारण सभा तथा नयाँ नेतृत्व चयन प्रक्रिया आज भव्य रूपमा सम्पन्न भएको

रौतहट बचत तथा ऋण सहकारी संघको बैठक सम्पन्न
रौतहट ९ असमेज । रौतहट बचत तथा ऋण सहकारी संघ लिमिटेडको नियमित बैठक शुक्रबार सम्पन्न भएको छ। संघका अध्यक्ष बिभु पोखरेलको अध्यक्षतामा बसेको बैठकले संघका

लालबकैया पुलबाट खोलामा हाम फालेका युवक बेपत्ता
बिबेक चौधरी रौतहट, असोज ९ — रौतहटको मौलापुर नगरपालिका–४ स्थित लालबकैया पुलबाट हाम फालेर एक युवक बेपत्ता भएका छन्। बारा सिम्रौनगढ नगरपालिका–११









प्रतिकृया दिनुहोस