ताजा खबर

स्थानीय

बुधबार, असोज ७, २०८३

परोहाको पटेल चौकबाट कटुवा पेस्तोलसहित भारतीय नागरिक पक्राउ

SITENAME

रौतहट, ७ असोज । प्रहरीले रौतहट बाट कटुवा पेस्तोलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । रौतहटको परोहा नगरपालिका–८, मोतिपुरस्थित पटेल चौकबाट प्रहरीले भारतको बिहार राज्य, मोतिहारी जिल्ला, सन्तपुर निवासी ३५ वर्षीय गोविन्दा दास रहेका छन् । प्रहरी चौकी मोतिपुर र सशस्त्र प्रहरी बल नेपाल, बोर्डर आउट पोस्ट -बीओपी) सरमुजवाको संयुक्त टोलीले विशेष सूचनाका आधारमा निगरानी तथा चेकजाँच गर्ने क्रममा दासलाई एक थान कटुवा पेस्तोलसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । सीमावर्ती क्षेत्रमा हुने अपराधिक घटना नियन्त्रण गर्ने क्रममा अबैध कटुवा पेस्तोल सहित उनी पक्राउ परेका हुन । पक्राउ परेका दासलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि प्रहरीको नियन्त्रणमा राखिएको छ । प्रहरीले बरामद हतियारको स्रोत, प्रयोगको उद्देश्य तथा घटनामा अन्य व्यक्तिको संलग्नता भए–नभएको विषयमा समेत अनुसन्धान अघि बढाएको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस
SITENAME

रौतहटमा ५० लाखभन्दा बढीको मोबाइल सामग्री बरामद

रौतहट ७ असोज रौतहटमा सशस्त्र प्रहरीले करिब ५० लाख १४ हजार ५०० रुपैयाँ बराबरको मोबाइलसँग सम्बन्धित सामग्री बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नं.

SITENAME

सर्वोच्चबाट पनि निलम्बित मेयर यादवलाई राहत मिलेन

रौतहट ६ असोज  रौतहटको फतुवा विजयपुर नगरपालिकाका निलम्बित मेयर गोपाल राय यादवविरुद्ध विशेष अदालतले सुनाएको भ्रष्टाचार मुद्दाको फैसला सर्वोच्च

SITENAME

वनटोल महिला सामुदायिक वनको अध्यक्षमा बाबुराम घिसिङ सर्वसम्मत चयन, ११ सदस्यीय कार्यसमिति गठन।

रौतहटको चन्द्रपुर–२ स्थित वनटोल महिला सामुदायिक वन उपभोक्ता समूहको २५औँ वार्षिक साधारण सभाबाट बाबुराम घिसिङको अध्यक्षतामा ११ सदस्यीय नयाँ

↑