ताजा खबर

स्थानीय

शुक्रबार, असोज ९, २०८३

रौतहटमा १९ वर्षपछि कर्तव्य ज्यान मुद्दाका मुख्य अभियुक्त पक्राउ

SITENAME

रौतहट ९ असोज 
१९ वर्षअघि भएको दोहोरो हत्याकाण्डमा संलग्न रहेको आरोपमा रौतहट प्रहरीले मुख्य अभियुक्तलाई पक्राउ गरेको छ । २०६४ साल वैशाख ३१ गते राति करिब १ बजे रौतहटको साविक धर्मपुर गाविस–१, हाल गढीमाई नगरपालिका–६ मा अज्ञात व्यक्ति तथा समूहले गोली प्रहार गरी दुई जनाको हत्या गरेको थियो । गोली प्रहारबाट साविक पिपरिया (दो.) गाविस–३, हाल गरुडा नगरपालिका–७ का ३२ वर्षीय नागेन्द्र बैठा र साविक गेड्हीगुड्डठ्ठी गाविस–९, हाल गरुडा नगरपालिका–२ का २८ वर्षीय प्रमानन्द सहनीको मृत्यु भएको थियो । घटनापछि लामो समयदेखि जारी अनुसन्धानका क्रममा हत्यामा तत्कालीन समयमा तराई जनतान्त्रिक मुक्ति मोर्चालगायत भूमिगत संगठनमा आबद्ध तथा सक्रिय रहेका साविक पोठियाही गाविस–८, हाल गरुडा नगरपालिका–६ का बारुद सिंह भनिने सुरेन्द्र प्रसाद यादवको मुख्य संलग्नता रहेको खुलेको प्रहरीले जनाएको छ । यादव हाल अपहरण तथा शरीर बन्धक र संगठित अपराधसम्बन्धी मुद्दामा सजाय भुक्तान गर्दै जिल्ला कारागार रौतहटमा रहेका छन् ।
प्रहरीका अनुसार वारदात भएको करिब १९ वर्षपछि अभियुक्तको पहिचान खुलेपछि घटनासम्बन्धी थप अनुसन्धान अघि बढाइएको छ ।

प्रतिकृया दिनुहोस
SITENAME

रौतहट बचत तथा ऋण सहकारी संघको बैठक सम्पन्न

रौतहट ९ असमेज । रौतहट बचत तथा ऋण सहकारी संघ लिमिटेडको नियमित बैठक शुक्रबार सम्पन्न भएको छ। संघका अध्यक्ष बिभु पोखरेलको अध्यक्षतामा बसेको बैठकले संघका

SITENAME

लालबकैया पुलबाट खोलामा हाम फालेका युवक बेपत्ता

बिबेक चौधरी  रौतहट, असोज ९ — रौतहटको मौलापुर नगरपालिका–४ स्थित लालबकैया पुलबाट हाम फालेर एक युवक बेपत्ता भएका छन्। बारा सिम्रौनगढ नगरपालिका–११

SITENAME

परोहाको पटेल चौकबाट कटुवा पेस्तोलसहित भारतीय नागरिक पक्राउ

रौतहट, ७ असोज । प्रहरीले रौतहट बाट कटुवा पेस्तोलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । रौतहटको परोहा नगरपालिका–८, मोतिपुरस्थित पटेल चौकबाट

↑