राष्ट्रिय
स्वस्तिक साकोसको १४ औँ वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षतामा पुनः नरेन्द्र बहादुर राना

चन्द्रपुर-४ मा रहेको स्वस्तिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४औँ वार्षिक साधारण सभा तथा नयाँ नेतृत्व चयन प्रक्रिया आज भव्य रूपमा सम्पन्न भएको छ।संस्थाका अध्यक्ष नरेन्द्र बहादुर रानाको अध्यक्षतामा भएको उद्घाटन सत्रमा संस्थाका ज्येष्ठ सदस्यद्वय लक्ष्मी थापा र ताराचन्द्र दाहालले संयुक्त रूपमा कार्यक्रमको उद्घाटन गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन चन्द्र प्रसाद पौडेलले गर्नुभएको थियो।सभामा अध्यक्ष रानाले संस्थाको वार्षिक आय-व्यय विवरण तथा प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।सोही अवसरमा सम्पन्न निर्वाचनबाट ९ सदस्यीय सञ्चालक समिति र ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति निर्वाचित भएका छन्।नवनिर्वाचित सञ्चालक समितिको अध्यक्षमा नरेन्द्र बहादुर राना, उपाध्यक्षमा मुक्तिनाथ दाहाल, सचिवमा नरबहादुर दर्लामी र कोषाध्यक्षमा ललिता उप्रेती चयन हुनुभएको छ। यस्तै सदस्यहरूमा चिन्तामणि न्यौपाने, हिमज्योति सुयल, ज्योति मुक्तान, नरबहादुर राना र चित्रकुमारी राना निर्वाचित हुनुभएको छ।त्यसैगरी, ३ सदस्यीय लेखा सुपरिवेक्षण समितिको संयोजकमा प्रकाश बोम्जन तथा सदस्यहरूमा गृष्मा राना र पुष्पा खड्का निर्वाचित हुनुभएको छ।सभामा उपस्थित शेयर सदस्य तथा सहयोगी महानुभावहरूलाई संस्थाका तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दै नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।

कार्बन लाभ बाँडफाँड तथा लगानी योजना तयारीसम्बन्धी तालिम सम्पन्न
रौतहट, असोज १० । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, मधेस प्रदेशको सहयोग तथा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, जिल्ला महासंघ रौतहटको आयोजनामा

संकल्प साकोसको १८औँ वार्षिक साधारणसभा सुरु
रौतहट, १० असोज । चन्द्रपुर–५ स्थित संकल्प बचत तथा ऋण सहकारी संस्था ९साकोस० को १८औँ वार्षिक साधारणसभा सुरु भएको छ। चन्द्रपुर–६ स्थित जनज्योति

मुकेश गिरी दोस्रो कार्यकालका लागि कांग्रेस चन्द्रपुर नगर सभापतिमा सर्वसम्मत
रौतहट, १० असोज । नेपाली कांग्रेसको १५औँ नगर अधिवेशनबाट मुकेश गिरी दोस्रो कार्यकालका लागि चन्द्रपुर नगर सभापतिमा सर्वसम्मत चयन हुनुभएको छ।









प्रतिकृया दिनुहोस