प्रवास
अबैध चादी सहित एक नेपाली भारतमा पक्राउ

रौतहट १३ जेष्ठ । एक जना नेपाली साढे ९ किलोभन्दा बढी अबैध चाँदी सहित भारतको बैरगनियामा पक्राउ परेका छन । रौतहटको गौरमा सन्नी ज्वेलर्स सञ्चालन गर्दै आएका सुन चाँदी व्यवसायी सन्नी कुमार सीमावर्ती भारतको बैरगनियामा अबैध चादी सहित पक्राउ परेका हुन । उनले साढे नौ किलो भन्दा बढी चाँदी भारत बाट रौतहटको गौरमा ल्याउने क्रममा भारतीय सिमा सुरक्षा बल ( एसएसबी )ले पक्राउ गरेको हो । एसएसबीले कुमार लाई वीआर ३० केयु ३३८२ मारुती स्वफट जिपमा ९ किलो ६ सय ग्राम चाँदीका गहना सहित पक्राउ गरेको जनाएको छ । चाँदी सहित पक्राउ परेका कुमार लाई एसएसबीको बीस बटालियनको वागमती क्याम्पका असिस्टेन्ट कमाडेण्ट श्रीकुमारले आइतबार सार्वजनिक गर्दै चादी नेपाली मूल्य ११ लाख र मारुती जिपको मूल्य साढे सात लाख गरी साढे १८ लाखको रहेको जनाउनु भएको छ । असिस्टेन्ट कमाडेण्ट श्रीकुमारले कारबाहीको लाग उक्त सामान सहित अबैध कारोबारी सन्नी कुमारलाई भारतको वैरगनिया कष्टमलाई जिम्मा लगाइने बताउनु भयो । पक्राउ परेका सन्नी कुमारको गौरमा दई वटा पसल रहेको र उनले नेपाल भारतमा सुन चादीको अबैध कारोबार गर्ने गरेको आरोप समेत लगाइएको छ । उनको दोहोरो नागरिकताको प्रमाण पत्र रहेको आशका गरिएको छ । भारतमा पक्राउ परेका सन्नी कुमारको घर सिमापारी भारतको सितामढीको वैरगनिया स्थित माइस्थानमा समेत रहेको जनाइएको छ तर उनले नेपाली नागरिकताको प्रमाणपत्र बनाउन सफल भएपछि रौतहटको गौर– ३ स्थित कारागार नजिक घर बनाएर बसोबास गर्दै आएका छन । एसएसबीले पक्राउ गरेपछि आफनो वतन भारतको बैरगनिया स्थित माईस्थान रहोके जनाएपछि दोहोरो नागरिकताको प्रामणपत्र रहेको खुल्न आएको हो ।

प्रिय नेपाल : विदेश बाट एक राजाबादी युवाको खुला पत्र
प्रिय नेपाल तिमीलाई माया गर्ने हजारौँ युवामध्ये म पनि एक हुँ। तर, विडम्बना के हो भने, म तिमीलाई माया गरेरै तिमीबाट टाढा भएको छु। गणतन्त्रको नाममा

नेपाल र भारतका सुरक्षाअधिकारीको बैठक सम्पन्न
रौतहट १५ माघ । नेपाल र भारतको सिमाबर्ती क्षेत्रका सुरक्षाअधिकारीको बैठक आज सम्पन्न भएको छ । भारतको मोतिहारी स्थित डाक्टर राधाकृष्ण भबनमा भएको छलफलमा

युकेमा नेपाली चलचित्र ’उल्झन’को प्रिमियर शो हुँदै
लण्डन । नेपाली चलचित्र उल्झनको रेड कार्पेट प्रिमियर युकेको अल्डरशत स्थित एम्पायर हलमा आज साँझ ५ बजे देखि हुने भएको छ । बाध्यताबस बिदेशिएका






प्रतिकृया दिनुहोस