सूचना प्रबिधि
बालबिबाह बिरुद्ध घरदैलो अभियान

रौतहट १५ माघ । रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नं. ४ र ६ लाई वालविवाह मुतm वडा घोषणा गर्नका लागी घरदैलो अभियान गरीएको छ । प्लान ईन्टनेशनल नेपालको सहयोग तथा जनसेवा नेपालको सहजिकरण र चन्द्रपुर वडा नं. ४ र ६ को आयोजनामा मंगलबार वाल विवाह विरुद्ध घरदैलो अभियान गरीएको हो । भर्खरै विवाह भएको र विवाहको तयारी गरेको घर घर पुगि जन्म दर्ताबाट वाल विवाह भए ÷नभए बारेमा जानकारी लिएको छ । घरदैलो अभियानमा वडा अध्यक्ष, वाल संरक्षण समितिका संयोजक तथा सुरक्षाकर्मीहरुको उपस्थिती रहेको थियो । यसैगरि चन्द्रपुरको दुर्गा मावि, बसन्त पञ्चमी र चन्द्रपुर ६ को जनभावना आधाभुत विद्यालय माझी टोल, आधारमुत विद्यालय झन्झन टोलमा सामुदायमा आधारित बाल संरक्षण संयन्त्रहरुको उपस्थितीमा भेला भएको छ । उतm भेलामा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी य्ुवराज खड्काले वालविवाहबाट हुने असर र कान्ुनी प्रवधानका बारेमा जानकारी गराउनुभएको थियो । संयन्त्रका संयोजक कृष्ण वहादुर खड्का तथा खड्ग वहादुर कुश्वारले वडामा वालविवाह भएको पाईएमा कानुनी कारवाहि गर्ने र वडाबाट पाउने सेवासुविधाबाट बञ्चित गर्ने बताउनुभएको थियो । चन्द्रपुर वडा नं ४ का वडा अध्यक्ष अमर वहादुर आले मगरले वालविवाह कानुनी अपराध भएकाले यस्तो दण्डित कार्य नगर्न सवैमा आग्रह गर्नुभयो । त्यसअघि वाल संरक्षण समितिको बैठकले चन्द्रपुर ४ लाई चैत १५ गते र २० गते वडा नं. ६ लाई घोषणा गर्न तयारी गरेको जनाएको छ । चन्द्रपुर नगरपालिकालाई नै वालविवाह मुतm नगर घोषणा गर्ने उदेश्यले विभिन्न किसिमका कार्यक्रम भै रहेको जनसेवा नेपालका ज्योति फुयाँलले बताउनुभयो । जनसेवा नेपालका संयोजक मनेुका भारतीले वाल विवाह न्युनिकरणका लागी विभिन्न चेतना मुलक कार्यक्रम संस्थाले गर्दै आएको बताउनुभयो । 

नेपाल टेलिकमको चेतावनी: सिम कार्डको मूल्य बढी लिने कार्य गैरकानुनी
काठमाडौँ, साउन २२ – नेपाल टेलिकमले रु. ९० तोकी प्रिपेड सिम कार्ड वितरण गरिरहेको स्पष्ट पार्दै, तोकिएको मूल्यभन्दा बढी लिई सिम कार्ड

रौतहटमा ध्वनी प्रदुषण नियन्त्रण हुन
रौतहट १८ माघ । रौतहटमा ध्वनी प्रदुषण नियन्त्रण हुने भएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले ईजाजत बिना यान्त्रिक साधन बाट ध्वनी निष्कासन गरी

मुस्लिम साँसद द्धारा चार दर्जन सरस्वती मंन्दिरमा बजेट बिनियोजन गर्ने
रौतहट १५ माघ । रौतहटका एक मुस्लिम प्रदेश सांसदले चार दर्जनभन्दा बढी सरस्वती मन्दिर निर्माण गर्न बजेट बिनियोजन गर्दै जाने भएका छन । रौतहटको निर्वाचन






प्रतिकृया दिनुहोस