ताजा खबर

राष्ट्रिय

बुधबार, असोज २१, २०८३

आजपाको विदेश विभाग प्रमुखमा सापकोटा।

SITENAME

काठमाडौं, २० असोज ।
आम जनता पार्टी (आजपा)ले युवा नेता बालकृष्ण सापकोटालाई विदेश विभाग प्रमुखको जिम्मेवारी दिएको छ । पार्टीको हालै सम्पन्न केन्द्रीय कमिटी बैठकले नेताहरूको जिम्मेवारी हेरफेर तथा नयाँ जिम्मेवारी तोक्ने क्रममा सापकोटालाई विदेश विभाग प्रमुखको जिम्मेवारी दिएको हो । आजपाका संस्थापक सदस्यसमेत रहेका सापकोटाले पार्टी स्थापना कालदेखि नै संगठन निर्माण तथा विस्तारमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् । नयाँ जिम्मेवारीसँगै उनले विदेशमा रहेका नेपाली तथा आजपाका शुभेच्छुकसँग सम्पर्क, समन्वय र सहकार्य विस्तार गर्दै प्रवासमा पार्टीको संगठन निर्माणलाई अघि बढाउने जिम्मेवारी पाएका छन् ।आजपाले पछिल्लो समय देशभित्र संगठन विस्तारसँगै विदेशमा रहेका नेपाली समुदायसँगको सम्बन्धलाई समेत प्राथमिकतामा राख्दै आएको छ । विदेशमा रहेका नेपालीहरूलाई पार्टीका राजनीतिक तथा सामाजिक एजेण्डासँग जोड्ने, उनीहरूको चासो र समस्यालाई पार्टीको राजनीतिक बहससँग जोड्ने तथा अन्तर्राष्ट्रियस्तरमा पार्टीको सम्पर्क विस्तार गर्ने महत्वपूर्ण जिम्मेवारी सापकोटाको काँधमा आएको छ ।
विदेश विभाग प्रमुखको जिम्मेवारी पाएपछि सापकोटाले पार्टीले दिएको जिम्मेवारीलाई प्रभावकारी रूपमा निर्वाह गर्ने बताएका छन् । विश्वका विभिन्न मुलुकमा छरिएर रहेका नेपालीहरूमाझ आजपाका राजनीतिक एजेण्डा तथा विचार पु¥याउँदै उनीहरूलाई पार्टीसँग जोड्न आफूले विशेष भूमिका निर्वाह गर्ने उनको भनाइ छ । उनले प्रवासमा रहेका नेपालीसँग नियमित सम्पर्क र समन्वय विस्तार गर्ने, आजपाका शुभेच्छुकलाई संगठित गर्ने तथा विदेशमा पार्टीको संगठनात्मक आधार निर्माणलाई प्राथमिकतामा राख्ने बताएका छन् । सापकोटालाई विदेश विभाग प्रमुखसँगै ‘आम शहीद तथा बेपत्ता परिवार’को इन्चार्जको जिम्मेवारीसमेत दिइएको छ । यससँगै उनले विदेशमा पार्टीको संगठन विस्तारका साथै शहीद तथा बेपत्ता परिवारसँग सम्बन्धित विषयमा समेत पार्टीको तर्फबाट समन्वय गर्ने जिम्मेवारी पाएका छन् । आजपा प्रवक्ता सुभाष साहले जारी गरेको विज्ञप्तिअनुसार पार्टीले विभिन्न विभागका प्रमुखहरूको समेत जिम्मेवारी तोकेको छ । जसअनुसार स्कुल विभाग प्रमुखमा तिलक थापा मगर, अनुशासन विभाग प्रमुखमा आत्माराम साह, संगठन विभाग प्रमुखमा त्रिभुवन साह, प्रचार–प्रसार विभाग प्रमुखमा सुभाष प्रसाद साह र आर्थिक विभाग प्रमुखमा देवकुमारी साहलाई जिम्मेवारी दिइएको छ । पार्टीले विभागीय जिम्मेवारी तोक्दै संगठनलाई थप व्यवस्थित र प्रभावकारी बनाउने तथा विभिन्न क्षेत्रका कामलाई जिम्मेवार नेतामार्फत अघि बढाउने नीति लिएको जनाएको छ । नयाँ जिम्मेवारीसँगै विदेशमा रहेका नेपालीलाई संगठनसँग जोड्ने र प्रवासमा आजपाको उपस्थिति विस्तार गर्ने अभियानलाई तीव्रता दिने तयारी गरिएको छ ।

प्रतिकृया दिनुहोस
SITENAME

नेपाल रक्तदाता संगठनको रौतहट जिल्ला शाखा विस्तार

रौतहट, १८ असोज । ‘मानवताका लागि रक्त अभियान’ भन्ने उद्देश्यसहित नेपाल रक्तदाता संगठनको रौतहट जिल्ला शाखा विस्तार गरिएको छ । चन्द्रपुर हस्पिटलको

SITENAME

चन्द्रपुर-८ मा होटल सञ्चालन र मदिरा बिक्री-वितरणको समय सीमा तोकियो

 संवाददाता: विवेक चौधरी असोज १७ ,चन्द्रपुर, रौतहट  चन्द्रपुर नगरपालिका वडा नं. ८ मा शान्ति सुरक्षा तथा सामाजिक मर्यादा कायम राख्नका लागि वडा

SITENAME

धान खेतमा ५५ वर्षीय पुरुष मृत फेला

रौतहट, १७ असोज । रौतहटको गढीमाई नगरपालिका–३ लक्ष्मीपुरस्थित धान खेतमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार स्थानीय नाजिर मियाँका

↑