खेलकुद
जेसीज कप २०२६ को फाइनल खेल बुधबार हुँदै

रौतहट, ३० भदौ
रौतहट जिल्ला अन्तरविद्यालय नकआउट क्रिकेट प्रतियोगिता–२०२६ अन्तर्गत स्थगित भएको फाइनल खेल बुधबार हुने भएको छ । चन्द्रनिगाहपुर सिटी जेसीजको आयोजनामा हुँदै आएको जेसिज २०२६ को फाइनलमा मुनलाइट एकेडेमी र श्री जनता माध्यमिक विद्यालय, कटहरिया आमनेसामने हुँदैछन् । फाइनल खेल भदौ ३१ गते बुधबार बिहान ११ बजेदेखि कोटिहोम क्रिकेट खेल मैदान, बेतौनामा हुने आयोजकले जनाएको छ । यसअघि स्थगित भएको फाइनल खेलका लागि दुवै टोलीका खेलाडी तयारी अवस्थामा रहेका छन् । प्रतियोगिताको उपाधिका लागि मैदानमा उत्रिने दुवै टोलीबीच रोमाञ्चक प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ । आयोजक चन्द्रनिगाहपुर सिटी जेसीजले फाइनल खेल हेर्न तथा खेलाडीको हौसला बढाउन सम्पूर्ण खेलप्रेमीलाई मैदानमा उपस्थित हुन आग्रह गरेको छ । प्रतियोगिताले रौतहटका विद्यालयस्तरका क्रिकेट खेलाडीको प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

रौतहटमा ‘जेसिस कप–२०८३’ अन्तरविद्यालय टी–२० क्रिकेट प्रतियोगिता सुरु
रौतहट १८ भाद्र चन्द्रनिगाहपुर सिटी जेसीजको आयोजनामा रौतहटमा जिल्ला स्तरीय अन्तर माध्यमिक विद्यालय टी–२० नकआउट क्रिकेट प्रतियोगिता बिहीबारदेखि
..jpeg&h=200&w=220)
रौतहटमा ‘जेसिस कप’ अन्तरविद्यालय नकआउट क्रिकेट भदौ १८ देखि हुने
रौतहट। चन्द्रनिगाहपुर सिटी जेसीजको आयोजनामा रौतहटमा ‘जेसिस कप–२०८३’ अन्तरविद्यालय नकआउट क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। चन्द्रपुर

थाइल्याण्डमा चन्द्रपुरका शुवम रायमाझीलाई कांस्य पदक
रौतहट २१ साउन चन्द्रपुर नगरपालिका–१ निवासी नेपाली तेक्वान्दो खेलाडी शुवम रायमाझीले थाइल्याण्डको पटाया सहरमा सम्पन्न नवौँ हिरोज अन्तर्राष्ट्रिय







प्रतिकृया दिनुहोस