स्थानीय
रौतहटमा १४७ एम्पुल लागूऔषधसहित १७ वर्षीय किशोर पक्राउ

रौतहट, ३१ असोज । रौतहट प्रहरीले १४७ एम्पुल लागूऔषधसहित एक १७ वर्षीय किशोरलाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहट तथा प्रहरी चौकी बिर्ताबाट खटिएको संयुक्त प्रहरी टोलीले बिहीबार दिउँसो करिब ४ बजे गरुडा नगरपालिका–८ स्थित बिर्ता चोकमा यात्रुवाहक बस चेकजाँच गर्ने क्रममा लागूऔषध फेला पारेको हो। प्रहरीका अनुसार गौरबाट वीरगञ्जतर्फ जाँदै गरेको ना.४ ख ४७०४ नम्बरको बस जाँच गर्ने क्रममा तनहुँको शुक्लागण्डकी नगरपालिका–३, कार्की डाँडा निवासी १७ वर्षीय नवीन वि.क.ले बोकेको झोलाबाट लागूऔषध बरामद गरिएको हो।
उनको झोलामा कालो प्लास्टिकभित्र लुकाएर राखिएको Promethozin ४९ एम्पुल, Cerejack ४९ एम्पुल र Noophin ४९ एम्पुल गरी जम्मा १४७ एम्पुल लागूऔषध फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले किशोरलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

पोल्ट्री किसानको हकहितको लागि राष्ट्रिय आन्दोलन संघर्ष समिति गठन
रौतहट२८ असोज । पोल्ट्री किसानहरूको हकहित संरक्षण, बजारमा बिचौलियाको प्रभाव र सीमित व्यवसायीको एकाधिकार अन्त्य तथा किसानका साझा समस्या समाधानका

प्रतिकृया दिनुहोस