खेलकुद
रौतहटमा ‘जेसिस कप–२०८३’ अन्तरविद्यालय टी–२० क्रिकेट प्रतियोगिता सुरु

रौतहट १८ भाद्र
चन्द्रनिगाहपुर सिटी जेसीजको आयोजनामा रौतहटमा जिल्ला स्तरीय अन्तर माध्यमिक विद्यालय टी–२० नकआउट क्रिकेट प्रतियोगिता बिहीबारदेखि चन्द्रनिगाहपुरमा सुरु भएको छ । विद्यालयस्तरबाटै क्रिकेट खेलको विकास गर्ने, प्रतिभावान् विद्यार्थी खेलाडीको पहिचान गर्ने तथा उनीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको चन्द्रनिगाहपुर सिटी जेसीजका अध्यक्ष देवराज न्यौपानेले बताउनुभयो । प्रतियोगिताको उद्घाटन खेलमा न्यु झरना आवासीय माध्यमिक विद्यालय, सन्तपुर र नमुना आवासीय माध्यमिक विद्यालय, चन्द्रनिगाहपुर बजारबीच प्रतिस्पर्धा भइरहेको छ । टस जितेर नमुना आवासीय माविले ब्याटिङ रोजेको छ भने न्यु झरना आवासीय मावि बलिङमा उत्रिएको छ । चन्द्रपुर नगरपालिका–८ स्थित कोटीहोम क्रिकेट खेलमैदानमा सञ्चालन भइरहेको प्रतियोगितामा रौतहटका विभिन्न विद्यालयका क्रिकेट टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटन जेसीजका केन्द्रीय अध्यक्ष जविन कार्कीले ब्याटिङ तथा चन्द्रनिगाहपुर सिटी जेसीजका अध्यक्ष देवराज न्यौपानेले बलिङ गरेर गर्नुभएको थियो । कार्यक्रममा केन्द्रीय अध्यक्ष कार्कीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रम संयोजक जेसी विवेक घिमिरेले विद्यालयस्तरीय क्रिकेटको प्रवद्र्धनसँगै जिल्लाका विभिन्न क्षेत्रका प्रतिभाशाली विद्यार्थी खेलाडीलाई खेल प्रदर्शनको अवसर दिन प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । प्रतियोगिताले विद्यार्थीमा खेलकुदप्रतिको रुचि र उत्साह बढाउनुका साथै जिल्लामा क्रिकेटको विकासमा योगदान पुग्ने आयोजकको विश्वास रहेको छ ।



जेसीज कप २०२६ को फाइनल खेल बुधबार हुँदै
रौतहट, ३० भदौ रौतहट जिल्ला अन्तरविद्यालय नकआउट क्रिकेट प्रतियोगिता–२०२६ अन्तर्गत स्थगित भएको फाइनल खेल बुधबार हुने भएको छ । चन्द्रनिगाहपुर
..jpeg&h=200&w=220)
रौतहटमा ‘जेसिस कप’ अन्तरविद्यालय नकआउट क्रिकेट भदौ १८ देखि हुने
रौतहट। चन्द्रनिगाहपुर सिटी जेसीजको आयोजनामा रौतहटमा ‘जेसिस कप–२०८३’ अन्तरविद्यालय नकआउट क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। चन्द्रपुर

थाइल्याण्डमा चन्द्रपुरका शुवम रायमाझीलाई कांस्य पदक
रौतहट २१ साउन चन्द्रपुर नगरपालिका–१ निवासी नेपाली तेक्वान्दो खेलाडी शुवम रायमाझीले थाइल्याण्डको पटाया सहरमा सम्पन्न नवौँ हिरोज अन्तर्राष्ट्रिय







प्रतिकृया दिनुहोस