ताजा खबर

राष्ट्रिय

आइतबार, श्रावण ३१, २०८३

चन्द्रोदय साकोसका व्यवस्थापक शुभ नारायण चौधरी मधेस प्रदेशकै 'उत्कृष्ट व्यवस्थापक'बाट सम्मानित

SITENAME

 

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफस्कून) को ३९ औं स्थापना दिवसको अवसरमा रौतहट जिल्लास्थित चन्द्रोदय बचत तथा ऋण सहकारी संस्था लि. का व्यवस्थापक शुभ नारायण चौधरी 'नेफस्कून प्रदेश स्तरीय उत्कृष्ट व्यवस्थापक' सम्मानबाट सम्मानित हुनुभएको छ।मधेस प्रदेशको राजधानी जनकपुरस्थित मसला पार्टी प्यालेसको सभा हलमा आयोजित विशेष समारोहमा नेफस्कूनद्वारा गरिएको सर्वेक्षणका आधारमा सम्पूर्ण मधेस प्रदेशबाटै उत्कृष्ट ठहरिँदै चौधरीलाई उक्त सम्मान प्रदान गरिएको हो।स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा नेफस्कूनका पदाधिकारीहरूले उहाँलाई प्रशंसा-पत्र र सम्मान अर्पण गरेका थिए। लामो समयदेखि सहकारीको विकास, कुशल व्यवस्थापन र सदस्यहरूको हितमा पुर्‍याउनुभएको अतुलनीय योगदानको कदर गर्दै उहाँलाई यो उपाधि प्रदान गरिएको जनाइएको छ।संस्थाका अध्यक्ष तथा सञ्चालक समितिले चौधरीलाई बधाई ज्ञापन गर्दै यो सम्मानले चन्द्रोदय साकोसको प्रतिष्ठालाई अझ उच्च बनाएको बताउनुभयो। साथै, उहाँको मेहनत, लगनशीलता र सहकारीप्रतिको समर्पणको प्रशंसा गर्दै आगामी दिनमा संस्थाको समग्र विकासमा अझ प्रभावकारी भूमिका खेल्न शुभकामना व्यक्त गर्नुभएको छ।उक्त कार्यक्रममा मधेस प्रदेशका विभिन्न सहकारी अभियानकर्मी, प्रतिनिधि तथा स्थानीय व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

प्रतिकृया दिनुहोस
SITENAME

१६ पालिकाले अस्पताल नचलाउँदा चन्द्रनिगाहपुरमा बढ्यो आर्थिक भार

रौतहट १ भदौ । रौतहटमा १८ स्थानीय तह छन्। जिल्लामा प्रदेश सरकार मातहतको प्रादेशिक अस्पताल गौर र चन्द्रपुर नगरपालिकाअन्तर्गत चन्द्रनिगाहपुर अस्पताल

SITENAME

रौतहट बचत तथा ऋण सहकारी संघ सर्वोत्कृष्ट संघका रूपमा सम्मानित

जनकपुरधाम ३१ साउन । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड -नेफ्स्कून)को ३९औँ स्थापना दिवसको अवसरमा रौतहट बचत तथा ऋण सहकारी संघ लिमिटेड

SITENAME

भारतमा सडक दुर्घटनामा मृत्यु भएका तीनै जनामध्ये दुई जनाको अन्त्येष्टि 

रौतहट ३० श्रावण रौतहटको गरुडा नगरपालिका–६ पोठियाहीका तीन जना तीर्थयात्रीको भारतमा भएको सवारी दुर्घटनामा मृत्यु भएको छ । दुर्घटनामा मृत्यु भएका