ताजा खबर

राष्ट्रिय

सोमबार, भदौ १, २०८३

रौतहट बचत तथा ऋण सहकारी संघ सर्वोत्कृष्ट संघका रूपमा सम्मानित

SITENAME

जनकपुरधाम ३१ साउन । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड -नेफ्स्कून)को ३९औँ स्थापना दिवसको अवसरमा रौतहट बचत तथा ऋण सहकारी संघ लिमिटेड सर्वोत्कृष्ट संघका रूपमा पुरस्कृत तथा सम्मानित भएको छ । सहकारी अभियानको सशक्तीकरण, संस्थागत विकास तथा जिल्लामा सकारात्मक सहकारी संस्कार निर्माणमा संघले पु¥याएको योगदानको उच्च मूल्यांकन गर्दै सम्मान प्रदान गरिएको हो । सर्वोत्कृष्ट संघको सम्मान प्राप्त भएपछि रौतहट बचत तथा ऋण सहकारी संघले यसलाई आफूहरूको सामूहिक प्रयास र निरन्तर प्रतिबद्धताको परिणाम भएको जनाएको छ । संघका अनुसार राम्रो नियत, स्पष्ट ध्येय र सामूहिक प्रतिबद्धताका साथ अघि बढे असम्भव केही छैन भन्ने कुराको ज्वलन्त उदाहरणका रूपमा यो उपलब्धिलाई लिन सकिन्छ । विगत वर्षदेखि रौतहट जिल्लामा सहकारी सशक्तीकरण, संस्थागत सुशासन तथा सहकारीप्रतिको सकारात्मक बुझाइ अभिवृद्धिका लागि संघले विभिन्न गतिविधि सञ्चालन गर्दै आएको थियो । ती प्रयासको परिणामस्वरूप प्राप्त सम्मानले आगामी दिनमा थप जिम्मेवारीका साथ काम गर्न प्रेरणा मिलेको संघले जनाएको छ । ऐतिहासिक उपलब्धि हासिल गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा अहोरात्र खटिने सञ्चालक समिति, कर्मचारी, शेयर सदस्य तथा शुभचिन्तकहरूप्रति संघले हार्दिक कृतज्ञता व्यक्त गरेको छ । प्रारम्भिक संस्थाहरू, सम्बन्धित संस्थाका व्यवस्थापन टोली, सञ्चारकर्मी, नागरिक समाज तथा सहकारी अभियानसँग जोडिएका सबै पक्षको निरन्तर विश्वास, समर्पण र सहकार्यले सफलता सम्भव भएको संघको भनाइ छ । रौतहट बचत तथा ऋण सहकारी संघका अध्यक्ष विभु पोखरेलले प्राप्त सम्मानलाई संघको उपलब्धिभन्दा पनि जिल्लाको समग्र सहकारी अभियानको सम्मानका रूपमा लिएको बताउनुभयो । उहाँले आगामी दिनमा सहकारी अभियानलाई अझ सशक्त, अनुशासित, पारदर्शी र मर्यादित बनाउन संघ निरन्तर प्रतिबद्ध रहने उल्लेख गर्नुभयो । अध्यक्ष पोखरेलले सहकारी संस्थाहरूबीच सहकार्य, क्षमता विकास, सुशासन र सदस्यकेन्द्रित सेवामा थप सुधार गर्दै जिल्लाको सहकारी क्षेत्रलाई नमुना बनाउने दिशामा संघले आफ्नो भूमिका अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । ३९औँ स्थापना दिवसका अवसरमा प्राप्त यस सम्मानले रौतहटको सहकारी क्षेत्रमा नयाँ उत्साह र ऊर्जा थपेको छ। साथै, सहकारी संस्थाहरूलाई जिम्मेवार, व्यवस्थित र सेवामुखी ढंगले अघि बढ्न थप प्रेरणा मिलेको सरोकारवालाहरूले बताएका छन् ।

प्रतिकृया दिनुहोस
SITENAME

१६ पालिकाले अस्पताल नचलाउँदा चन्द्रनिगाहपुरमा बढ्यो आर्थिक भार

रौतहट १ भदौ । रौतहटमा १८ स्थानीय तह छन्। जिल्लामा प्रदेश सरकार मातहतको प्रादेशिक अस्पताल गौर र चन्द्रपुर नगरपालिकाअन्तर्गत चन्द्रनिगाहपुर अस्पताल

SITENAME

चन्द्रोदय साकोसका व्यवस्थापक शुभ नारायण चौधरी मधेस प्रदेशकै 'उत्कृष्ट व्यवस्थापक'बाट सम्मानित

  नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफस्कून) को ३९ औं स्थापना दिवसको अवसरमा रौतहट जिल्लास्थित चन्द्रोदय बचत तथा ऋण सहकारी संस्था लि. का

SITENAME

भारतमा सडक दुर्घटनामा मृत्यु भएका तीनै जनामध्ये दुई जनाको अन्त्येष्टि 

रौतहट ३० श्रावण रौतहटको गरुडा नगरपालिका–६ पोठियाहीका तीन जना तीर्थयात्रीको भारतमा भएको सवारी दुर्घटनामा मृत्यु भएको छ । दुर्घटनामा मृत्यु भएका