ताजा खबर

स्थानीय

शुक्रबार, श्रावण २९, २०८३

चन्द्रनिगाहपुरमा तिलगंगा सामुदायिक आँखा केन्द्रको औपचारिक उद्घाटन

SITENAME

रौतहट २९ साउन
रौतहटको चन्द्रनिगाहपुरमा तिलगंगा सामुदायिक आँखा केन्द्रको औपचारिक उद्घाटन गरिएको छ । चन्द्रपुर नगरपालिका र नेपाल आँखा कार्यक्रम–तिलगंगा आँखा प्रतिष्ठानको सहकार्यमा चन्द्रपुर नगर अस्पतालबाट आँखा उपचार सेवा सुरु गरिएको हो । केन्द्रबाट आँखासम्बन्धी रोगको पहिचान, उपचार तथा आवश्यक परामर्श प्रदान गरिनेछ । जटिल समस्या भएका बिरामीलाई थप उपचारका लागि तिलगंगा आँखा अस्पताल निजगढ तथा काठमाडौं पठाउने व्यवस्था मिलाइएको निजगढ तिलगंगा अस्पतालका प्रमुख डा. विष्णुहरि मरठ्ठाले जानकारी दिनुभयो । तिलगंगा आँखा प्रतिष्ठानका पिताम्बर अधिकारीका अनुसार आर्थिक अवस्था कमजोर भएका बिरामीलाई निःशुल्क तथा अन्यलाई छुटसहित नाफारहित सेवा प्रदान गरिने जनाउनु भएको छ । आवश्यक परे निःशुल्क शल्यक्रियाको समेत व्यवस्था गरिने उहाँले बताउनुभयो । चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय काफ्लेले स्थानीयस्तरमै आँखा उपचार सेवा उपलब्ध भएपछि सामान्य जाँच तथा उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता अन्त्य हुने बताउनुभयो । नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष संजय कार्कीले स्थानीय नागरिकले सहज रूपमा गुणस्तरीय आँखा उपचार पाउने भन्दै केन्द्र सञ्चालनमा ल्याएकोमा नगरपालिका र तिलगंगा आँखा प्रतिष्ठानलाई धन्यवाद दिनुभयो । केन्द्रको उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्वयंसेविका, सरोकारवाला तथा स्थानीय नागरिकको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस
SITENAME

चन्द्रनिगाहपुरमा तिलगंगा सामुदायिक आँखा केन्द्र सञ्चालनमा आउँदै

रौतहट २८ श्रावण रौतहटको चन्द्रनिगाहपुरमा तिलगंगा सामुदायिक आँखा केन्द्रको सेवा औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ । चन्द्रपुर नगरपालिका र नेपाल

SITENAME

चन्द्रपुरमा लम्पी स्किन रोगको प्रकोप, दर्जनौँ पशु मरेको किसानको दाबी

रौतहट २८ श्रावण रौतहटको चन्द्रपुर नगरपालिकाका विभिन्न क्षेत्रमा पशुमा लम्पी स्किन रोगको प्रकोप फैलिएको छ । रोगका कारण दर्जनौँ गाई, गोरु तथा

SITENAME

लालबकैया नदीमा बेपत्ता बालिकाको खोजी तेस्रो दिन पनि जारी

रौतहट २८ श्रावण रौतहटको देवाही गोनाहीस्थित लालबकैया नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएकी १० वर्षीया बालिका रौशन खातुनको खोजी कार्य तेस्रो दिन