ताजा खबर

स्थानीय

बिहीबार, श्रावण २८, २०८३

चन्द्रपुरमा लम्पी स्किन रोगको प्रकोप, दर्जनौँ पशु मरेको किसानको दाबी

SITENAME

रौतहट २८ श्रावण
रौतहटको चन्द्रपुर नगरपालिकाका विभिन्न क्षेत्रमा पशुमा लम्पी स्किन रोगको प्रकोप फैलिएको छ । रोगका कारण दर्जनौँ गाई, गोरु तथा बाच्छाबाच्छी मरेको किसानहरूले बताएका छन् । संक्रमित पशुको शरीरमा गाँठागुँठी आउने, ज्वरो आउने, खाना नखाने तथा कमजोर हुँदै जानेजस्ता लक्षण देखिएको किसानहरूको भनाइ छ । रोग फैलिँदै गए पनि नियन्त्रण तथा उपचारका लागि स्थानीय तह र सम्बन्धित पशु सेवा निकायले प्रभावकारी पहल नगरेको उनीहरूको गुनासो छ । किसानहरूले तत्काल औषधि, उपचार तथा खोपको व्यवस्था गर्न माग गरेका छन्। साथै, रोगका कारण पशु मरेर आर्थिक क्षति व्यहोर्नुपरेको भन्दै प्रभावित किसानको तथ्यांक संकलन गरी राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न नगरपालिकासँग माग गरेका छन् । यता, चन्द्रपुर नगरपालिकाले रोगको प्रकोपबारे आधिकारिक धारणा सार्वजनिक गरेको छैन । प्रभावित पशुको यकिन संख्या पनि खुल्न सकेको छैन। स्थानीय किसानहरूले रोग नियन्त्रणका लागि तत्काल प्राविधिक टोली परिचालन गरी उपचार तथा खोप अभियान सञ्चालन गर्न माग गरेका छन् ।

प्रतिकृया दिनुहोस
SITENAME

चन्द्रनिगाहपुरमा तिलगंगा सामुदायिक आँखा केन्द्रको औपचारिक उद्घाटन

रौतहट २९ साउन रौतहटको चन्द्रनिगाहपुरमा तिलगंगा सामुदायिक आँखा केन्द्रको औपचारिक उद्घाटन गरिएको छ । चन्द्रपुर नगरपालिका र नेपाल आँखा

SITENAME

चन्द्रनिगाहपुरमा तिलगंगा सामुदायिक आँखा केन्द्र सञ्चालनमा आउँदै

रौतहट २८ श्रावण रौतहटको चन्द्रनिगाहपुरमा तिलगंगा सामुदायिक आँखा केन्द्रको सेवा औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ । चन्द्रपुर नगरपालिका र नेपाल

SITENAME

लालबकैया नदीमा बेपत्ता बालिकाको खोजी तेस्रो दिन पनि जारी

रौतहट २८ श्रावण रौतहटको देवाही गोनाहीस्थित लालबकैया नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएकी १० वर्षीया बालिका रौशन खातुनको खोजी कार्य तेस्रो दिन