ताजा खबर

खेलकुद

बिहीबार, श्रावण २१, २०८३

थाइल्याण्डमा चन्द्रपुरका शुवम रायमाझीलाई कांस्य पदक

SITENAME

रौतहट २१ साउन
चन्द्रपुर नगरपालिका–१ निवासी नेपाली तेक्वान्दो खेलाडी शुवम रायमाझीले थाइल्याण्डको पटाया सहरमा सम्पन्न नवौँ हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा कांस्य पदक जितेका छन् । जुलाई ३१ देखि अगस्ट २ सम्म आयोजना भएको प्रतियोगितामा रायमाझीले ५९ देखि ६३ केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गर्दै तेस्रो स्थान हासिल गरेका हुन् । अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा विभिन्न देशका खेलाडीहरूसँग प्रतिस्पर्धा गर्दै उनले उत्कृष्ट प्रदर्शन गरेका थिए। आफ्नो तौल समूहमा प्रभावशाली प्रदर्शन गर्दै तेस्रो स्थान हासिल गरेपछि रायमाझीले नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय मञ्चमा पदक जित्न सफल भएका हुन् । रायमाझीले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल भएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा अझ राम्रो प्रदर्शन गर्दै देशको नाम उच्च राख्ने लक्ष्य रहेको बताएका छन् । चन्द्रपुरका खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेपछि स्थानीय खेलप्रेमी, शुभेच्छुक तथा आफन्तहरूले बधाई दिँदै आगामी प्रतियोगिताका लागि सफलताको शुभकामना दिएका छन्। रायमाझीको यो उपलब्धिलाई नेपाली तेक्वान्दो र स्थानीय खेलकुद क्षेत्रका लागि उत्साहजनक सफलताका रूपमा लिइएको छ ।

प्रतिकृया दिनुहोस
SITENAME

जेसीज कप २०२६ को फाइनल खेल बुधबार हुँदै

रौतहट, ३० भदौ  रौतहट जिल्ला अन्तरविद्यालय नकआउट क्रिकेट प्रतियोगिता–२०२६ अन्तर्गत स्थगित भएको फाइनल खेल बुधबार हुने भएको छ । चन्द्रनिगाहपुर

SITENAME

रौतहटमा ‘जेसिस कप–२०८३’ अन्तरविद्यालय टी–२० क्रिकेट प्रतियोगिता सुरु

रौतहट १८ भाद्र चन्द्रनिगाहपुर सिटी जेसीजको आयोजनामा रौतहटमा जिल्ला स्तरीय अन्तर माध्यमिक विद्यालय टी–२० नकआउट क्रिकेट प्रतियोगिता बिहीबारदेखि

SITENAME

रौतहटमा ‘जेसिस कप’ अन्तरविद्यालय नकआउट क्रिकेट भदौ १८ देखि हुने

रौतहट। चन्द्रनिगाहपुर सिटी जेसीजको आयोजनामा रौतहटमा ‘जेसिस कप–२०८३’ अन्तरविद्यालय नकआउट क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। चन्द्रपुर

↑