सूचना प्रबिधि
नेपाल टेलिकमको चेतावनी: सिम कार्डको मूल्य बढी लिने कार्य गैरकानुनी

काठमाडौँ, साउन २२ – नेपाल टेलिकमले रु. ९० तोकी प्रिपेड सिम कार्ड वितरण गरिरहेको स्पष्ट पार्दै, तोकिएको मूल्यभन्दा बढी लिई सिम कार्ड बिक्री–वितरण गर्नु गैरकानुनी हुने चेतावनी दिएको छ।
टेलिकमले हालै सार्वजनिक गरेको ‘अत्यन्त जरुरी सूचना’ अनुसार, केही बिक्री केन्द्र वा पसलहरूले कम्पनीले तोकेको मूल्यभन्दा बढी रकम लिई सिम बिक्री गर्ने गरेको गुनासो आएकोले सर्वसाधारणलाई यसबारे सचेत गराइएको हो।
सूचनामा भनिएको छ,
"कुनै पनि बिक्री केन्द्र, पसल आदि स्थानमा तोकिएको मूल्यभन्दा बढी रकम लिई सिम बिक्री भएको पाइएमा नजिकको टेलिकम कार्यालय, जिल्ला प्रशासन कार्यालय वा प्रहरी कार्यालयमा जानकारी गराई दिनुहोला।"
यस कार्यलाई कम्पनीले गैरकानुनी मानेको र त्यस्ता विक्रेताविरुद्ध आवश्यक कारबाही प्रक्रिया अघि बढाइने पनि उल्लेख गरिएको छ।
नेपाल टेलिकमले ग्राहकहरूलाई सस्तो, सुरक्षित र सहज सेवा उपलब्ध गराउने उद्देश्यले यस्तो जानकारी सार्वजनिक गरेको जनाएको छ।


रौतहटमा ध्वनी प्रदुषण नियन्त्रण हुन
रौतहट १८ माघ । रौतहटमा ध्वनी प्रदुषण नियन्त्रण हुने भएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले ईजाजत बिना यान्त्रिक साधन बाट ध्वनी निष्कासन गरी

बालबिबाह बिरुद्ध घरदैलो अभियान
रौतहट १५ माघ । रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नं. ४ र ६ लाई वालविवाह मुतm वडा घोषणा गर्नका लागी घरदैलो अभियान गरीएको छ । प्लान ईन्टनेशनल नेपालको

मुस्लिम साँसद द्धारा चार दर्जन सरस्वती मंन्दिरमा बजेट बिनियोजन गर्ने
रौतहट १५ माघ । रौतहटका एक मुस्लिम प्रदेश सांसदले चार दर्जनभन्दा बढी सरस्वती मन्दिर निर्माण गर्न बजेट बिनियोजन गर्दै जाने भएका छन । रौतहटको निर्वाचन






प्रतिकृया दिनुहोस