विचार
मुलुक बदल्न फ्रेम बदल्नु पर्छ , सेम होइन !!!

उपेन्द्र गोले
चन्द्रपुर—३ , गैडाटार , रौतहट
मुलुकलाई कस्तो स्वरुप दिने त्यो देशको राजनितिले तय गरेको हुन्छ । हामीलाई थाहा छ नेपाल राजनीतिक रूपमा धेरै लामो समयदेखि अस्थिर छ । हाम्रा धेरै पुस्ताहरू राजनीतिक आन्दोलनमा जीवन सकाएका छन । हामीले विगतका करिब ७ दशक व्यवस्था परिवर्तन मै सकाएका छौ । जसले गर्दा राष्ट्रहरूलाई आर्थिक रूपमा हामीले भेट्नै नसक्ने गरी अगाडि बढ्दै गएका छन तर हामी अझ पछाडी धकेलिदै आएका छौ । हामीले व्यवस्था नै परिवर्तन होइन, व्यवस्था सुदृढ र संस्थागत गर्न तर्फ लाग्नु पर्ने देखिएको छ । हामीले मुलुकलाई राणा शासन , प्रजातन्त्र , बहुदलिय ब्यबस्था , लोकतन्त्र हुदै गणतन्त्रसम्म ब्यबस्था परिवर्तन गर्दै आएका छौ । मुलुकले ब्यबस्थाको नाममा परिवर्तन त गरौ तर मुलुकलाई सहि दिशामा अगाडी बढाउन आवश्यक त्यही ब्यबस्थालाई सुदृढ र संस्थागत गर्नतर्फ लाग्न सकेनौ । त्यसैले आजसम्म आम नेपाली नागरिकहरुले महसुस हुने गरि कसैको जीवन शैलीमा परिवर्तन हुन सकेको छैन । लोकतन्त्र भनेको ‘जनताले जनताद्वारा जनताका लागि’ गरिने शासन व्यवस्था हो तर यो उदगार अनुसार भएको छैन र लोकतन्त्र होइन, त्यसको नेतृत्व असफल भएको मेरो मुल्याङ्कनको निष्कर्ष निकालेको छ । त्यो नेतृत्वले लोकतान्त्रिक ब्यबस्थालाई सुदृढ गर्दै मुलुकमा भएको ब्यबस्थाको नाममा मात्र परिवर्तन भएको थियो अब त्यसको फ्रेम नै बदल्ने छ भन्ने आम नागरिकहरुले विश्वास लिएका थिए र म पनि मुलुकलाई सहि दिशा निर्देश गर्ने कुमा ढुक्क थिए । तर आज संविधान सभाको औचित्य माथि प्रश्न उठाउने अवस्था आउने त होइन यही सोच्दै छु म ।
अहिले हामीसँग लोकतान्त्रिक संविधान छ र यो ७ दशकको लडाइँबाट स्थापित संविधान सभाले जारी गरेको हो । यसको लागि धेरै पुस्ताका धेरै व्यक्तिको बलिदान, त्याग र लगानी छ तर हामीले देशको विकास र समृद्धिमा ध्यान दिनै सकेनौं । संविधान सभाको प्रत्यक्ष र परोक्ष लागतको कुनै हिसाब आउन सक्ने अवस्था छैन । आज पनि मुलुकको जनसंख्याको ठूलो हिस्सा गरिबीबाट पीडित छन । लाखौं मानिस घरवार विहीन छन । हजारौं बालबालिका विद्यालय जानबाट वञ्चित छन् । दसौं लाख मानिस बर्सेनि रोजगारको लागि बिदेसिएका छन र उनीहरूका परिवार धेरै हिसाबले अविभावक विहीन छन् । हिजो प्रजातन्त्र हुदा अनि बहुदलिय ब्यबस्था हुदा पनि आम नागरिकहरुको अबस्था त्यही अबस्थामा गुज्रिरहेका थिए र आज त्यही जनताको बलिदानबाट प्राप्त गणतन्त्रले पनि उनीहरुको जीवनशैलीमा परिवर्तन ल्याउन सकेन आखिर किन ? हामीले ब्यबस्थाको नाम परिवर्तन गर्न सफल भयौ तर त्यो ब्यबस्थालाई कार्यन्वयन गर्ने राज्यको फ्रेम बदल्न सकेनौ , त्यो फ्रेम बदलौ सेम फ्रेमले आम नागरिकको जीवनशैलीमा परिवर्तन ल्याउन सकिदैन । मुलुकले विकासको गति लिनै सकेको छैन । शिक्षाको पर्याप्त अवसर छैन, जति छ त्यो पनि स्तरीय छैन । देशको नीति निर्माताको प्राथमिकता निश्चित मानिसहरूको स्वार्थमा केन्द्रित छ । जनताले आन्दोलन नगरेसम्म केही नपाउने अवस्था छ । आन्दोलन गर्दा जायजभन्दा नाजायज मागहरूमा पनि सरकार झुक्ने गरेको छ । यसले गर्दा साँचो अर्थका नागरिकहरू राज्यमा प्रताडित छन् ।
राज्यका निकायबाट पाउनुपर्ने सबै सुविधा जनताले पाउने अवस्था भएमा मात्र लोकतन्त्रमा जनताको जित हुन सक्छ । यसका निम्ति नेपालका राजनितिक पार्टीहरुले विकासका संवाहकको हिसाबले काम गर्नु पर्छ । साँचो अर्थमा लोकतन्त्रमा वास्तविक जनता हारिरहेका छन् र सीमित रजौटाहरूले मात्र जितिरहेका छन् । तर वास्तविकता यस्तो मात्र होइन । आज हामीले एउटा व्यवस्थाबाट अर्को व्यवस्था प्रवेश त गरेका छौं तर त्यसको कुनै पूर्वाधार हामीसँग छैन, यसर्थ हामी रूपान्तरणको अवस्थामै छौं ।
मुलुकलाई सफल बनाउ चाहने राजनीतिक नेतृत्वले जतिसक्दो छिटो यो रूपान्तरणको प्रक्रियालाई सानातिना राजनीतिक स्वार्थ बिर्सेर पूरा गर्नै पर्छ र जनताको जितलाई सुनिश्चित गर्नु पर्छ । लामो समयसम्म जनताको हार हुने अवस्था लोकतान्त्रिक हुनै सक्दैन र लोकतन्त्रमा जनताको हार सम्भव छैन । सचेत कार्यकर्ता, नेता र शिक्षित जनताको गठजोडबाट यो सम्भव छ र जनताले जित्ने लोकतन्त्र मात्र चिरस्थायी बन्न सक्छ । ‘बिरालो कालो होस् वा सेतो, त्यसले मुसा मार्नु पर्छ ।’ मुसै मार्न सकेन भने जति राम्रो जात र रङको बिरालो भए पनि त्यसको महत्व रहँदैन । ज्ञात होस्, जनताको घरमा वास्तविक अर्थमा लोकतन्त्र पुग्न सकेको छैन भने जेसुकै नाम दिए पनि वर्तमान व्यवस्था लोकतान्त्रिक हुन सक्दैन । जनताले घरघरमा लोकतन्त्रको अनुभव त्यतिबेला गर्छन् जब उनीहरू आर्थिक रूपमा सबल र सुदृढ हुन सक्छन् । जनता सधैंभरि लोकतन्त्रको लागि भोको पेट बाँच्न सक्दैनन् । राज्यका निकायबाट पाउनुपर्ने सबै सुविधा जनताले पाउने अवस्था भएमा मात्र लोकतन्त्रमा जनताको जित हुन सक्छ । यसका निम्ति राजनितिक पार्टीहरुले आफूभित्र थप व्यवस्थित, सुसूचित, सुशासित हुँदै जनताका घरमा पुग्नुपर्छ । राज्यमा उत्पादन र त्यसको न्यायोचित वितरणको व्यवस्था मिलाइनु पर्दछ । लोकतन्त्रमा कसैको जित र हारभन्दा पनि सबैको जित हुने अवस्थाको सिर्जना गरिनु पर्छ अनि मात्र जनताको जित सम्भव छ ।
हामीले राज्य ब्यबस्थाको नाम परिवर्तन गरिसकेका छौ अब राज्य सञ्चालन गर्दै आएको त्यो फ्रेमलाई बदल्न सक्नु पर्छ । हामीले प्रयोग गरेको राज्यको संयन्त्र फ्रेममा कोरिएका ढाचालाई जबसम्म प्रयोग गरिरहन्छौ तबसम्म मुलुकमा जुनसुकै ब्यबस्थामा ल्याएपनि नागरिकको जीवनशैलीमा परिवर्तन ल्याउन सक्दैनौ । हामीले प्रयोग गरेको फ्रेम सेम होइन अब नया फ्रेमको प्रयोग गर्नेतिर अग्रसर हुनु पर्छ ।
विभिन्न कारणले २०७७ सम्म जेजस्तो परिस्थिती रहेतापनि नव बर्ष २०७८ ले सबैको मन मस्तिष्कमा आम नागरिकको जीवनशैलीमा नै परिवर्तन गर्ने किसिमको फ्रेमको प्रयोग गर्न अग्रसर रहने छ भन्ने आशाका साथ नव बर्ष २०७८ को सबैमा शुभकामना ।
कैलालीमा अरु पनि छन् ‘राधा चौधरी’ हरु
उन्नती चौधरी बोक्सीविरुद्धको अभियानमा सहभागी हुँदै राधा चौधरी दुई वर्षअगाडि कुरीतिजन्य हिंसाविरुद्धको अभियानका क्रममा ‘ए हजुर यसो गरे कसो

सम्भव छन् ओलीका सपना ?
मुक्ति गौतम प्रधानमन्त्री केपी ओलीको प्रतिनिधिसभामा गरेको भाषणको रेकर्ड सुन्ने अवसर मिल्यो। आफूलाई अहिलेका नेताहरूमा अलि भरोसा भएको नेता ओली नै

“पदाधिकारी थप्ने र विभाग बनाउने टालटुले नीतिले कांग्रेसमा सुधार हुदैन्”
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणामपश्चात देश नयाँ युगमा प्रवेश गरेको छ । निर्वाचनको पूर्वसन्ध्यामा भएको कम्युनिस्ट गठबन्धन नै नेपाली







प्रतिकृया दिनुहोस